सागर थापा बुधबार, आश्विन १३, २०७८

बाँके । नेपालगन्ज चाड पर्व नजिकिँदै गर्दा बाँकेको जमुनाह नाका भएर नेपाल आउने नेपालीको लर्को लाग्ने गरेको छ। दैनिक हजारौं नेपालीहरु पछिल्लो केही हप्तायता जमुनाह नाका भएर नेपाल भित्रीरहेका छन्। यही मौका छोप्दै बिचौलियाहरु पनि नाकामा सकृय हुने गरेको पाइन्छ। जसका कारण अधिकांश नेपालीहरु नाकामा ठगिने गरेका छन्।

यही कुरालाई मध्यनजर गर्दै बाँके प्रहरीले नाकामा कडाई गरेको छ। अटो रिक्सा, गाडी वालाहरु लगायत होटल वालाहरुले भारतबाट नेपाल आउने नेपालीलाई ठग्ने गरेको पाइएपछि बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले एकासी नाकामा छड्के अनुगमन गरेका थिए।

नाकालाई सहज र सरल बनाउनलाई पुगेका एसपी र डिएसपीले अनुगमन गर्दा २ जना बिचौलियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा पठाएका थिए। सोझासाझा नेपाली एवम यात्रुलाई विशेषगरि दशै तिहार जस्ता चाड पर्वमा बिचौलियाले ठ्ग्ने एव्ं दुख दिने भएकोले नाकामा कडाइ गरिएको बाँके जिल्ला एसपी अधिकारीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]