
gst
Ksm
Gmk
Pbu
Anm
Mbdvs
Gisld
Rbs
mbd
Sds

Vor
Pvg
Rgs
Rgu
Rsb
Bbbpu
Rgu
Bbu
Gst
nsb
Sls
Hal
Wsp
Asm
Tsm
Sbs
Ssm
Ksm
Ggd

Bml
Jmb
Rpp
Rmb
Jmb
Mks
Pls
Abd
Syp
Gsb
bbt
sab
Ptm
दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले खेल मानव स्वास्थ्यकालागि अत्यन्तै उपयोगि भएको भन्दै स्वास्थ्य समृद्धिको आधार नै खेलकुद भएको औंल्याउनुभयो ।
प्रतियोगिताको पहिलो दिन लालमटिया र लमही फूटवल क्लबको प्रतिष्पर्धा रहेको थियो । आगामी असोज २३ गते सम्म संचालन हुने सो फुटवल प्रतियोगितामा देउखुरी क्षेत्रका जम्मा जम्मी १५ टिमले भाग लिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई आधालाख बढी अर्थात् ५१ हजार नगद पुरस्कार र द्धितिय हुनेलाई २१ हजार सहित मेडल,शिल्ड,कप र प्रमाणपत्र सहितको पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष डिसीले जानकारी दिनुभयो ।
उक्त खेलकुद संचालनका लागी वडा कार्यालय,प्रहरी प्रशासन र जिल्ला खेलकुद बिकास परिषद् र फिल्डका लागि सम्बन्धीत बिदालय संग समन्वय सहकार्य रहेको आयोजकले जनाएको छ ।
