शिबराज पन्थी/गढवा मंगलबार, आश्विन १२, २०७८

दाङ । बडादशैं २०७८ को पावन अवसरमा द राइजिङ युथ क्लब गढवाको आयोजनामा सोमवारदेखि गढवामा ५१ हजार राशी पुरस्कारको देउखुरी ब्यापि खुल्ला युनियनकप फुटवल प्रतियोगिता सुरु भएको छ ।

क्लबका अध्यक्ष प्रसान्त सिंह डिसीको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले गर्नुभएको हो । खेलकुदको उद्घाटन गर्दै अध्यक्ष मगरले खेल मानव स्वास्थ्यकालागि अत्यन्तै उपयोगि भएको भन्दै स्वास्थ्य समृद्धिको आधार नै खेलकुद भएको औंल्याउनुभयो ।

प्रतियोगिताको पहिलो दिन लालमटिया र लमही फूटवल क्लबको प्रतिष्पर्धा रहेको थियो । आगामी असोज २३ गते सम्म संचालन हुने सो फुटवल प्रतियोगितामा देउखुरी क्षेत्रका जम्मा जम्मी १५ टिमले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई आधालाख बढी अर्थात् ५१ हजार नगद पुरस्कार र द्धितिय हुनेलाई २१ हजार सहित मेडल,शिल्ड,कप र प्रमाणपत्र सहितको पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष डिसीले जानकारी दिनुभयो । उक्त खेलकुद संचालनका लागी वडा कार्यालय,प्रहरी प्रशासन र जिल्ला खेलकुद बिकास परिषद् र फिल्डका लागि सम्बन्धीत बिदालय संग समन्वय सहकार्य रहेको आयोजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]