Sidha Patra बिहिबार, आश्विन ०७, २०७८

चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक नै पिच गर्ने तयारी गरेको छ ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको हो ।

दुबै खण्ड निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तारका क्रममा पिचको भाग अधिकांश ठाउँमा भत्काइएकाले यो खण्डमा यात्रा निकै कष्टकर हुँदै आएको छ । दुबै खण्डमा निकै सुस्त गतिमा काम भैरहेको छ ।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले सडक विस्तारको काम निकै ढिला भएको बताए । अहिले ठेकेदार कम्पनीको नयाँ कन्ट्याक्ट म्यानेजर आएपछि कामले गति लिने विश्वास आयोजनाले लिएको सूचना अधिकारी आचार्यले बताए ।

नयाँ कन्ट्याक्टर आएपछि सडक मर्मतको काम थालिएको हो । दशैं अघि सहज यात्राको वातावरण ठेकेदारले बनाउने प्रतिवद्धता जनाएको आचार्यको भनाइ छ । पूर्वी खण्डमा अहिलेसम्म जम्मा ८.५ प्रतिशत मात्रै काम भएको छ । इन्जिनियर आचार्यका अनुसार सम्झौताअनुसार यतिबेला ५० प्रतिशतभन्दा बढी काम हुनुपर्ने थियो ।

पश्चिम खण्डमा पनि भत्किएको सडक मर्मतको काम थालिएको परामर्श दाता इन्जिनियर सुसन श्रेष्ठले बताए । यस्तै उनले दशैं अगाडि मर्मतको काम गरिसक्ने प्रतिवद्धता जनाएको बताए । सो खण्डमा अहिलेसम्म सडक विस्तारको काम जम्मा ९ प्रतिशत मात्रै भएको छ । उनले कोरोनाभाइरस, बर्षा, ठेकेदार कम्पनीको ढिलासुस्तीका कारणले सडक विस्तारले गति लिन नसकेको बताए । अब दशैं–तिहार लगत्तै कामले गति लिने विश्वास आयोजनाले गरेको इन्जिनियर श्रेष्ठले बताए ।

त्यस्तै एसियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गर्न लागिएको नारायणगढ–बुटवल सडक खण्डको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रूपैयाँ छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने– बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । सडक विस्तारको ठेक्का सम्झौता २०७५ पुसमा भएको थियो । सम्झौता अनुसार २०८० साउन २२ गतेसम्म (साढे तीन वर्षमा) निर्माण कार्य सकि सक्नु पर्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]