मेगमन बुढा मंगलबार, आश्विन ०५, २०७८

दाङ । राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई सोमबार गाउँपालिकाले एक कार्यक्रमको बीचमा भव्य सम्मान गर्दै बिदाई गरेको छ ।

गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव लगायत जनप्रतिनिधि, कर्मचारीको बाक्लो उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत खनाललाई टीका एवं मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।खनाल चितवनको मालपोत कार्यालयमा सरुवा भएर जान लाग्नु भएको छ । यस अघि अधिकृत खनाल भैरहवा मालपोत कार्यालयदेखि राजपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर २०७७ साल कार्तिक २ गते हाजिर हुन आउनु भएको थियो ।

यस्तै अधिकृत खनालले राजपुर गाउँपालिकामा आफू रहदा जनप्रतिनिधि,कर्मचारी र विभिन्न राजनीतिक दल, पत्रकार,प्रहरी प्रशासन र आम राजपुर बासिले मिठो साथ सहयोग दिएको बताउनु भयो । राजपुर गाउँपालिकामा आउँदा कोभिड-१९ को ठुलो प्रभाव थियो त्यसैले म रहदै गर्दा विकास निर्माणको काम भन्दापनि आम नागरिकलाई बचाउने अभियानमा यहाँका जनप्रतिनिधि,कर्मचारी समाजसेवी एवं बुद्धिजीवी लगायत अन्य गैरसरकारी संघ संस्थासंग सहकार्य र समन्वय गरि लागि पर्‍यौं अधिकृत खनालले भन्नु भयो । लगभग एक वर्षको बसाईमा राजपुर गाउँपालिकाको दुर्गम खोला नाकाको बस्तीहरुमा स्थलगत पुगेर त्यहाँको समस्यालाई नजिकबाट बुझ्न् सकेको बताउनु भयो ।

त्यस्तै आफू अहिले आफ्नै पारिवारिक समस्या बुवालाई उपचार गर्नु पर्ने र छोरीको चितवनमा पढाई चलिरहेको हुँदा केन्द्र देखि नै सरुवा मिलाएर जान लागेको सिधापत्रसंग बताउनु भयो । यस्तै खनालले सिधापत्र संगको संक्षिप्त कुराकानीमा अझै पनि आफ्नो जागिरको समय १२/१३ वर्ष रहेकोले पुनः राजपुर गाउँपालिकामा आउँन सक्ने जानकारी दिनु भयो । खनाल राजपुर गाउँपालिकाको चौथो प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउँनु भएको थियो ।

यसैगरी अहिलेसम्म राजपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत को आउँने हो भन्ने अझै निश्चित र जानकारी नभएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो । गाउँपालिकामा अधिकृत को आउने हो हामीलाई कुनै जानकारी छैन सायद दशै अघि नै पठाउछ होला अध्यक्ष केसीले भन्नू भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]