मेगमन बुढा सोमबार, आश्विन ०४, २०७८

दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ३ भैसहवा र खरदरियाका अति बिपन्न वर्गका ५० घर धुरीलाई जनही २५,००० हजारका दरले आर्थिक वितरण गरिएको छ ।

नेपाल रेड्क्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा संचालित (इनकोर) कार्याक्रम मार्फत सोमबार दुई गाउँका ५० घरधुरीलाई जिविकोपार्जन गर्नको लागि जनही २५,००० हजारका दरले जम्मा १२ लाख ५० हजार नगद आर्थिक सहयोग गरिएको रेड्क्रसका कर्मचारी श्यामराज रावलले जानकारी दिनु भयो ।

उक्त रकमलाई राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाका सभापति नारायण आचार्य,कार्याक्रम अधिकृत जगत तामाङ,देवि प्याकुरेल,थानेशोर पोख्रेल,श्याम राज रावत लगायत सो गाउँका समाजसेवी एवं बुद्धिजीवीको उपस्थितमा वितरण गरिएको थियो भने कार्याक्रमको संचालन देवि प्याकुरेलले गर्नु भएको थियो ।त्यस्तै यस अघि पनि राजपुर गाउँपालिकाको वडा नम्बर १ को माररी खोलाका अति विपन्न २५ घरधुरीलाई २५,००० हजारका दरले ६ लाख २५,००० हजार आर्थिक सहयोग गरिएको छ भने यस्तै माररी,भैसहवा र खरदरीयामा १/१ ओटा बोयर बोका वितरण गरिएको रेड्क्रसका कर्मचारी रावतले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]