शिबराज पन्थी/गढवा सोमबार, आश्विन ०४, २०७८

दाङ । देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेण्टर संचालनमा आएको छ । संचालक प्रसान्त सिंह डिसीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडानं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सोमवार फिटनेश सेण्टरको उद्घाटन गर्नू भएको हो ।

त्यस्तै जिम एण्ड फिटनेश सेण्टरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले मानव स्वास्थ्यका लागि उपयोगी यो सेण्टर गाउँपालिकाको एक महत्वपुर्ण गहना भएको भन्दै पालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताउनु भयो ।कार्यक्रममा वडा अध्यक्ष हमालले गढवा क्षेत्रमै पहिलो पल्ट जिम हाउस संचालनमा आएकोमा गढवाबासी सबैको गर्भको बिषय भएको बताउनु भयो ।

यसैगरी जिम सेण्टरमा सबै उमेर समूहका महिला, पुरुषहरुका लागि जिम तथा शारीरिक ब्यायामका लागि सबैखालका एकसय बढी सामाग्रीहरु रहेको पाइएको छ । सबै खाले जेनेरेशनका लागि उपयोगी होस भनेर ब्यायामका लागि बिभिन्न प्रकारका सामानहरु ल्याएका छौं–संचालक खिम बहादुर बुढा मगरले बताउनु भयो ।युगको आवश्यकतालाई बोध गदै दक्षिण देउखुरी क्षेत्रमै पहिलो पल्ट जिम सेण्टर संचालनमा ल्याएका छौं । तिन प्रकारका प्याकेजमा सुविधा प्रदान गर्ने योजना बनाएका छोै–संचालक प्रसान्त सिंह डिसीले भन्नु भयो ।

त्यस्तै दक्षिण देउखुरी क्षेत्रमा पहिलो पल्ट ठूलै लगानीमा सुरुवात गरिएको उक्त जिम सेण्टरको संचालकमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर र युवा उद्यमी प्रसान्त सिंह डिसी रहनु भएको छ । बिहान ५ देखि ९ सम्म र बेलुका ४ देखि ९ बजे सम्म खुल्ने सो फिटनेश सेण्टरमा तिन प्याकेजका शुल्कको कार्यक्रम तय गरिएको छ। जस अनुसार तिन महिने प्याकेजका लागि प्रबेश शुल्क सहित ४ हजार ६ सय शुल्क रहेपनि १ हजार १ सय छुट गरि कुल शुल्क ३ हजार ५ सय रहेको छ ।

यस्तै ६ महिने प्याकेजमा १ हजार प्रबेश शुल्क सहित ८ हजार २ सय रहेको र १ हजार ७ सय छुट गरि जम्मा ६ हजार ५ सय शुल्क रहेको छ भने एकबर्षे प्याकेजमा १ हजार प्रबेश शुल्क सहित १५ हजार ४ सय शुल्क रहेकोमा ३ हजार ४ सय छुट गरि जम्मा १२ हजार शुल्कः रहेको संचालकद्धयले जानकारी दिनुभएको छ । उद्योगले गढवा गाउँपालिकाबाट बैधानीक मान्यता प्राप्त गरेको र आन्तरिक राजश्व कार्यालयमा जाने तयारी भैरहेको संचालकले बताउनुभयो ।उक्त उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, निवर्तमान अध्यक्ष रविलाल आचार्य,रेडक्रस उपशाखाका उपसभापति कोकिला शाही,चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी,खेल प्रशिक्षक किरण पौडेल र जिम हाउसका प्रशिक्षक राजेश यादव लगायत स्थानीय समाजसेवी र ब्ववसायीहरुको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]