Sidha Patra सोमबार, आश्विन ०४, २०७८

काठमाडौं । सशस्त्र प्रहरी बलले अब भर्ती हुने अधिकृत, जुनियर अधिकृत तथा फलोअर्स क्याडेटका सबै सुरक्षाकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम अनिवार्य रूपमा दिने तयारी गरेको छ । सशस्त्र प्रहरीको मूल उद्देश्य नै विपद्मा परेका जनताको उद्धार गर्ने भएकाले अब भर्ती हुने सबै सुरक्षाकर्मीलाई विपद्सम्बन्धी तालिम अनिवार्य गर्न लागिएको हो ।

सशस्त्रका सबै तहको पाठ्यक्रम अब विपद्सम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश गरिने सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालले बताए । उनका अनुसार तालिम नगर्ने सुरक्षाकर्मी बढुवा, पुरस्कार तथा शान्ति मिसनमा सहभागी हुनेजस्ता अवसरबाट वञ्चित हुनेछन् । ‘अब सशस्त्रको सबै तहका तालिममा विपद् प्रतिकार्यसम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश हुनेछ । नयाँ भर्ती हुने सबै तहका सुरक्षाकर्मीले विपद्सम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । जसले तालिम लिँदैन, त्यो बढुवा, पुरस्कार, तथा शान्ति मिसनमा सहभागी हुनेलगायतका अवसरबाट वञ्चित हुनेछ,’ उनले भने ।

डिआइजी अर्यालका अनुसार तालिमको कोर्स चितवनको कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयले निर्माण गर्नेछ । तालिमको नेतृत्व पनि शिक्षालयले नै गर्नेछ । तालिमलाई शैक्षिक मान्यता दिन मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धन लिइनेछ । ‘हामीले विपद्सम्बन्धी तालिमलाई सशस्त्रको शैक्षिक पाठ्यक्रममै समावेश गर्न लागेका छौँ । यसका लागि मान्यताप्राप्त विश्वविद्यालयसँग समन्वय लिइनेछ । कोर्सको डिजाइन पनि सोहीअनुसार गरिनेछ । विश्वविद्यालयको सम्बन्धन प्राप्त भएपछि तालिमले शैक्षिक मान्यता पाउनेछ । यसका तयारी हामीले गरेका छौँ,’ अर्यालले भने ।नयाँपत्रीका र्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले अब भर्ती हुने अधिकृत, जुनियर अधिकृत तथा फलोअर्स क्याडेटका सबै सुरक्षाकर्मीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम अनिवार्य रूपमा दिने तयारी गरेको छ । सशस्त्र प्रहरीको मूल उद्देश्य नै विपद्मा परेका जनताको उद्धार गर्ने भएकाले अब भर्ती हुने सबै सुरक्षाकर्मीलाई विपद्सम्बन्धी तालिम अनिवार्य गर्न लागिएको हो ।

सशस्त्रका सबै तहको पाठ्यक्रम अब विपद्सम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश गरिने सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालले बताए । उनका अनुसार तालिम नगर्ने सुरक्षाकर्मी बढुवा, पुरस्कार तथा शान्ति मिसनमा सहभागी हुनेजस्ता अवसरबाट वञ्चित हुनेछन् । ‘अब सशस्त्रको सबै तहका तालिममा विपद् प्रतिकार्यसम्बन्धी कोर्स अनिवार्य रूपमा समावेश हुनेछ । नयाँ भर्ती हुने सबै तहका सुरक्षाकर्मीले विपद्सम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्नेछ । जसले तालिम लिँदैन, त्यो बढुवा, पुरस्कार, तथा शान्ति मिसनमा सहभागी हुनेलगायतका अवसरबाट वञ्चित हुनेछ,’ उनले भने ।

डिआइजी अर्यालका अनुसार तालिमको कोर्स चितवनको कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयले निर्माण गर्नेछ । तालिमको नेतृत्व पनि शिक्षालयले नै गर्नेछ । तालिमलाई शैक्षिक मान्यता दिन मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धन लिइनेछ । ‘हामीले विपद्सम्बन्धी तालिमलाई सशस्त्रको शैक्षिक पाठ्यक्रममै समावेश गर्न लागेका छौँ । यसका लागि मान्यताप्राप्त विश्वविद्यालयसँग समन्वय लिइनेछ । कोर्सको डिजाइन पनि सोहीअनुसार गरिनेछ । विश्वविद्यालयको सम्बन्धन प्राप्त भएपछि तालिमले शैक्षिक मान्यता पाउनेछ । यसका तयारी हामीले गरेका छौँ,’ अर्यालले भने ।नयाँपत्रीका

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]