महेन्द्र सिंह/बाँके शनिबार, आश्विन ०२, २०७८

बाँके । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए ।

यस्तै विशिष्टकृत अस्पताल भएपछि अस्पताल क्षेत्रमा पसलहरु राख्न पाइदैन् । अस्पतालका ३४ वटा सटरमा मेडिकल स्टोर, ल्याव, होटल, किराना पसल र नास्ता पसल सञ्चालन गरिएका थिए । अस्पताल विकास समितिका अर्का सदस्य धनराम ओलीका अनुसार स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेको थियो । त्यत्ति बेलादेखि नै अस्पतालले सटर खाली गराउन सकेको थिएन ।

त्यस्तै व्यवसायीहरुसँग सहमति गर्दै सटर खाली गराउने र भत्काउने विषयमा सहमति भएको हो’, सदस्य ओलीले प्रष्ट पारे, ‘व्यवसायीलाई दुई महिनाको भाडा मिनाहा गरिएको छ । भाडाको बक्यौता तिर्नका लागि पनि समयसीमा तोकिएको छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]