Sidha Patra बिहिबार, भाद्र ३१, २०७८

काठमाडौं । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ ।

त्यस्तै खोख भोलि नेपाल आइपुग्ने छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५:४५ बजे बेइजिङ तर्फ जाने छ । आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने बुझिएको छ ।

यस्तै यस अघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो ।

तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो । आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]