
Gsbus
Ppu
Ssbus
gms
jms
Sys
smb

Ln9
Asm
Ln8
Ln7
kbs
Sbs
bmj
Ln3
Tsb
cks
bml
Gsb
Ln2
Gg5
Ssb
Dps
Rys
Ln1
Gg1
Hl1

Gg6
Gg3
Bpb
Gg2
ptl
Sab
Gjl
Sbs
Ksb
Gg4
Sml
Rss
Nps
Rgu
Jab
Snk
Jpb
दाङ । गढवा गाउँपालिका वडा नं.७ कि रामकुमारी चौधरीले सोमवार बोरामा हालेर बंगुरको पाठो ल्याउँदै हुनुहुन्थ्यो । गाउँपालिकाले निःशुल्क बंगुरको पाठा दियो, बोरामा बोकेर घर जादै छु–चौधरीले असाध्यै खुसी ब्यक्त गर्नुभयो । सोमवार गढवा ६ कि गिता चौधरी पनि बंगुरको पाठा लिन भनी गढवा गाउँपालिकामा आउनु भयो ।
पालिकाबाट बंगुरको पाठो पाएपछि त्यसलाई पालेर आयआर्जन गर्ने उहाँले बताउनुभयो । त्यस्तै गढवा ५ की शुसिला चौधरी र गढवा ६ कि जमोत्री चौधरी पनि गाउँपालिकामा निःशुल्क बंगुरको पाठो पाउँदा खुसी देखिनु हुन्थ्यो । यो पाठो लगेर ६ महिना पालेभने यसले १ दर्जन जन्माउँछ,त्यसबाट राम्रो आय आर्जन हुन्छ–चौधरीले खुसीहुदै भन्नु भयो ।
गढवा गाउँपालिका सोमवार मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत एकल महिला तथा बिपन्न र सिमान्तकृत ९५ जना नागरिकहरुलाई बंगुरका पाठा वितरण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र मुख्यमन्त्री रोजगार कार्यक्रमका संयोजक गिरिराज भट्टको उपस्थितीमा ६६ जना सिमान्तकृत वर्गका नागरिकहरुलाई निःशुल्क बंगुरका पाठा वितरण गरिएको हो ।
यस अघि गाउँपालिकाका अध्यक्ष सहजराम यादवको उपस्थितिमा २९ जना नागरिकहरुलाई बंगुरका पाठा वितरण गरिएको थियो । बंगरका पाठा गढवा गाउँपालिका वडानं. १ कालाकाटे स्थित पबित्रा बंगुर फर्मबाट आपुर्ति गरिएको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमबाट यसअघि गढवा गाउँपालिका बिभिन्न वडाका २० जना युवाहरुलाई कम्प्युटर हार्डवेयर तालिम,२२ जनालाई पलम्बिङ तालिम र २५ जनालाई इलेक्ट्रिकल्स तालिम प्रदान गरि युवाहरुलाई स्वरोजगार उन्मुख बनाइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
