Sidha Patra शनिबार, आषाढ २६, २०७८

प्युठान । प्युठानमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका वडा नम्बर १ स्याउली वाङ्गका ४६ बर्षीया बागविर बुढामगरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागबिरलाई स्थानीय शरद थापाले विहिबार साझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बागबिर र शरदले प्युठान नगरपालिका वडा नं ७ कुरुवामा मजदुरी काम गर्दै आउनुभएको थियो। पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ।

कुटपीटपछि घाईते बागविरलाई शुक्रबार राती ८ः ४० बजे उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याईएको थियो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार बागविरको शनिबार बिहान २:५० बजे उपचारका क्रममा मृत्यु भएको हो । कुटपीटमा संलग्न भनिएका शरदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मल्लले जानकारी दिनु भयो ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]