
jmb
gms
Rg-9
Sys
Ppu
Ssbus
Asm
smb
jms
Bpb
Gsbus

Ln3
Sbs
Rys
bmj
Ln8
Gg1
Asm
Ln1
Dps
Ln2
Ln7
Gg5
Tsb
Gsb
bml
cks
Usb
kbs
Hl1
Ssb

Gg3
Nps
Ksb
Gg2
Rss
Gg4
Sab
Gg6
Rgu
ptl
Sml
Jab
Bpb
Sbs
Jpb
Snk
Gjl
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यो सहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार तीन सय ८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ ।
त्यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय २० पुगेको छ ।अहिले नेपालमा २७ हजार एक सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
