Sidha Patra शुक्रबार, आषाढ १८, २०७८

दाङ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्‍याईएका १३ वटा मोटरसाईकल सहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्युठान पुर्‍याईएका विभिन्न कम्पनीका १३ वटा मोटरसाईकल सहित चोरी गर्ने गिरोहका नाईकेलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा एक जना भारतिय, ५ जना रोल्पाका, दाङ र प्युठानका एक एक जना रहेका छन् । भारत बलरामपुर तुलसीपुर थानाका २२ बर्षिय मोहम्मद रफिक, घोराही उपमहानगरपालिका १९ का १९ बर्षिय जाबेद खान र प्युठान स्वर्गद्धारी नगरपालिका ३ जलुकेका २४ बर्षिय ठगिराम थापालाई पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो छ ।

अन्य पक्राउ पर्नेमा रोल्पा सुनिलस्मृती गाउँपालिका ३ सुलिचौरका २८ बर्षिय श्रीजात अन्सारी, लुंग्री गाउँपालिका ४ नम्जाका २६ बर्षिय लेखनाथ विष्ट, वडा नम्बर ५ बडाचौरका २५ बर्षिय टेकेन्द्र बिष्ट, वडा नम्बर ६ गुम्चालका २६ बर्षिय नुमबहादुर रोका क्षेत्री र २२ बर्षिय हिराबहादुर बिष्ट रहेका छन् ।

पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाईकल खरिद गर्न गिरोह परिचालन गरेको प्रबक्ता डिएसपी रिजालको भनाई छ । त्यसैगरी, प्युठान जलुके स्थित थापा अटो पार्टसका सञ्चालक ठगिराम थापाले चोरीका मोटरसाईकल खरिद गर्ने र विक्रि गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीमा दैनिक मोटरसाईकल चोरीका निबेदन आउन थालेपछि प्रहरी सहायक निरिक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।

यसैविच दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले कुनै पनि अपराधलाई सामान्य नठान्ने बताउनुभएको छ । ५ दिन पहिले दाङमा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनुभएका काफ्लेले मोटरसाईकल चोरीका घटना चुनौतीपूर्ण बन्दै गएको पाएपछि मोटरसाईकल खोजी र गिरोह पक्राउमा पहिलो कार्वाही थालेको जानकारी दिनुभयो ।।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]