तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका सोमबार, जेठ १७, २०७८

दाङ । कोरोना संक्रमण बढिरहको अवस्थामा नागरिकको स्वास्थ्य रक्षा होस र संक्रमितहरुको स्वास्थ्य सुरक्षाको लागि अक्सीजन पुराउन सहज होस भनी नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका ईकाइको पहलमा राप्ती गाउँपालिका स्थीत अस्थाई कोरोना अस्पतालका लागि ९१ हजार रुपैया रकम सहयोग गरिएको छ ।

सोमवार एक अनौपचारीक कार्यक्रमको आयोजनामा राप्ती गाउँपालिका सभापति लगायत नेता कार्यकर्ताहरुबाट संकलित रकम ९१ हजार रुपैया राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई हस्तान्तरण गरिएको हो ।

राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा अपचारारत कोरोना संक्रमितको थप उपचारमा सहयोग पुराउन केहि हद सम्म सहयोगका लागि स्थानिय नेता कार्यकर्ताबाट रकम संकलन गरिएको र गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, स्वास्थ्य शाखा संयोजक नारायण राउतको माध्यमबाट विरामी सम्म सहयोग पुराउने पहल गरिएको रकम हस्तान्तरण गर्दै नेपाली काग्रेश राप्ती गाउँपालिका ईकाइ सभापति दुर्योधन पाण्डेले बताउनु भएको छ ।

त्यस्तै सहयोग रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले यस अवस्थामा सबैले आआफ्नो स्थान र हैसीयत अनुसार काम गरेर कोभिड १९ लाई परास्त गर्नु पर्ने भएकोले कोरोना संक्रमितको उपचारको लागि नेपाली काङ्ग्रेस राप्ती ईकाईका नेता तथा कार्यकर्ताबाट अक्सीजन खरिदका लागि पालिकालाई रकम ९१ हजार रुपैया सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ । अध्यक्ष सुवेदिले कोरोना कहर अझैपनि भयावह अवस्थामा रहेकोले सबै नागरिक अति आवस्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गर्नु भएको छ ।

यस्तै विगतको वर्ष पार्टिको तर्फवाट कोरोना संक्रमण रोकथाममा समेत सहयोग गरेको सम्झना गर्दै आगामी दिनमा पनि थप सहयोगका लागि नेपाली काग्रेश लागि पर्ने जिल्ला सदस्य हरी भुसालले जानकारी दिनु भएको छ । यस्तो अवस्थामा धेरै नागरिक अस्वस्थ रहेको कारण सबैलाई घरमै बस्न र लगडाउनको पालना गर्दै सुरक्षित रहन दाङ जिल्ला क्षेत्र न. १ क सभापति तारा बहादुर डिसीले सबैमा अनुरोध समेत गर्नु भएको छ ।

नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले रेडियो टेलिभिजन मार्फत कोरोनाबाट सुरक्षित रहनका लागि जनचेतनात्मक सन्देश प्रशारण समेत गर्ने निर्णय गरेको पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसालले बताउनु भएको छ ।

नेपाी काङ्ग्रेसको यो अक्सीजन खरिद तथा जनचेतनामुलक सन्देश प्रवाह गर्ने कार्यका लागि तपशिल बमोजिमका नेता कार्यकर्ता तथा सहयोगिहरुबाट रकम प्राप्त भएको नेपाली काङ्ग्रेस राप्ती गाउँपालीकाले जानकारी दिएको छ ।

त्यस्तै क्रमशः सहयोग रकम विद्याशरण चौधरी १०००, गोवर्धन रावत १५००, बेद प्रसाद चौधरी १०००,शुशिला चौधरी १०००, संजिव परियार १०००, भिमलाल चौधरी १०००, यशोदा चौधरी १०००, शान्ती देवि चौधरी ६००, नित्यानन्द शर्मा ५००,शारदा नेपाली ५००,शिवा भट्टराई ५००,भानु चौधरी ५००, गणेश कुमार चौधरी ५००, ईश्वरी प्रसाद अधिकारी १००५, तिर्थराज ज्ञवाली ५००, विलोचन चौधरी ५००, खोपेन्द्र ज्ञवाली ५००, जगदम्वा कुमारी चौधरी ५००, कृष्ण कुमार चौधरी ५००,पुरन चौधरी ५००, तारा कुमारी चौधरी ५००,ईन्द्रादेवि नेपाली ५००, गणेश कुमार चौधरी जगपुर १०००, बसन्त भुसाल ६००, भेषराज भुसाल ६००, नारायण भुसाल ६००,खिमानन्द भुसाल ६००,चन्द्र मणी भुसाल ६००, सन्तोष भुसाल ६००, बुद्धिराम चौधरी ६००, आत्माराम पोख्रेल ६००,अनील पौडेल ६००, हेमराज पौडेल ६००, रामु मल्ल १०००, प्रकाश केसी १०००, शरद गिरी ५००, दुर्गा भण्डारी १०००,बालाराम कुमाल ५००, चित्रम चौधरी १०५०, जिवराज वली ५००, तिलक वली ५००, भिम वली ५००, एकराज घर्ति ५००, पोमलाल गीरी ५००, गणेश जिसी १०००, विष्णु बहादुर जिसी ५००, प्रकाश चौधरी १५५५, गोपाल मिया १००, बसन्त अधिकारी ५००, देव बहादुर राना ५००५, दोर्ण भुसाद ३५५५, झविन्द्र भण्डारी १५००,केशर बहादुर रोका १००५, विनोद भुसाल १०००,आशिस पौडेल १२००, डम्वर भुसाल १०००, पप्पु अग्रहरी १०००,श्रीकृष्ण शर्मा १०००, राधाकृष्ण शर्मा १०००, धन बहादुर भट्टराई १०००, महेश कुमार अधिकारी १०००, दुर्योधन पाण्डे ६००,लिला भट्टराई ६००, पदम बहादुर गिरी ६००,टेक बहादुर कुमाल ६००,मेघराज आचार्य ६००,गिरीराज भुसाल प्रसान्त ६००, हरि भुसाल ५००,हेम कुमार खड्का ५००,युवराज भुसाल १२००,शिव प्रसाद भुसाल १२००, सुधिर भुसाल १२००,युवराज न्यौपाने १२००,जगत नाथ न्यौपाने १२००,प्रकाश कुन्ज शर्मा १२००, शंकर भुसाल ६००, कर्ण ब. पौडेल १०००, प्रकाश न्यौपाने १०००, मोहन श्रेष्ठ १०००, चन्द्र बहादुर सुनार १०००, नारायण न्यौपाने १०००, डुल प्रसाद श्रेष्ठ १०००, कृष्ण खनाल १०००, महेन्द्र खनाल १०००, विनोद पाण्डे १०००, दोर्ण आचार्य १०००,रुद्र बहादुर झाक्रि ५५०,हिरा बहादुर झाक्रि ५००, तारा बहादुर डिसी १०००, खिम विक्रा शाह ५००,वासुदेव पुन ५०५, बहादुर कर्ण केसी १०००, जित बहादुर पुन १०००, पदम बहादुर पुन १०००, महेन्द्र केसी १०००, लालमोहमद मिया १०००, गोरखनाथ कसौधन ५००, नुमानन्द सुवेदि १०००, कृष्णराज पौडेल ५००,हस्त बहादुर गुरुङ १०००, स्यामलाल पोख्रेल ५००, विक्रान्त ज्ञवाली १०००, चन्द्र मणी ज्ञवाली ५००,रमेश कडेल १०००, तेज बहादुर गुरुङ ५०० गरि जम्मा रकम ९१ हजार सहयोग संकलन गरि गाउँपालिका अध्यक्ष मार्फत प्रदान गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]