Sidha Patra बुधबार, जेठ ०५, २०७८

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ भने घटनाबारे थप जानकारी आउन बाकी छ ।

बस घटनास्थलबाट २०० मिटर तल खसेको र निकै अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको छ । एक जना मृतक अझै पनि बस मुनि च्यापिएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]