
Rbs
Ksm
Gisld
Pbu
Gmk
mbd
Sds
Mbdvs
Anm

Hal
Rgu
Rgu
Asm
Pvg
Rsb
Tsm
Ggd
Ksm
Sls
Bbu
Vor
Rgs
Wsp
Sbs
Gst
nsb
Bbbpu
Ssm

Mks
bbt
Jmb
Jmb
sab
Rpp
Pls
Bml
Rmb
Ptm
Abd
Gsb
Syp
बाँके । नेपालगन्जको जमुनाह सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी,दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने,भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ ।
अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको र भारतको रूपैडिहाबाट अबैद्य बसतु ल्याउने गरेको अबस्थामा एक जना नक्कली पत्रकारलाई पक्राउ गरी कानूनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको थियो ।
अनलाइन पत्रकार संघको नियमित निगरानीमा केही दिनअघि पत्रकारका नाममा आतङ्क मच्चाइएको खबर पनि सार्वजनिक भएको थियो । यसैक्रममा शनिबार दिउँसो पनि सुर्खेतबाट चलेको ‘ज्वालाअपडेट डट कम’ नामक अनलाइनको प्रेस पास बोकेका अब्दुल मज्दिज अन्सारी नाम गैर पत्रकार पक्राउ परेका छन् ।
त्यस्तै उनले उक्त प्रेस पासको दुरूपयोग गरेर जमुनाहमा सशस्त्र देखि जनपथ प्रहरी हुँदै भन्सार कर्मचारी र आम नागरिकबाट रकम असुली गर्दै आएको भेटिएको छ । उनलाई असुलीका क्रममा पक्राउ गरिएपछि इलाका प्रहरी जमुनाहको निगरानीमा राखिएको र कारवाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।
उनले उक्त अनलाइनको नककली पास बनाएर जमुनाहमा असुलीधन्दा मच्चाउदै आएको खुलेको छ । यस अनलाइनका प्रकाशक नरेन्द्र हमालका अनुसार उक्त व्यक्ति आफनो अनलाइनको कर्मचारी नभएको र त्यो कार्ड नै नक्कली भएको बताएका छन् ।
यस्तै जमुनाहमा गैर पत्रकारको बिगबिगी छ तर बाँके पत्रकार महासंघ लगायतका जिम्मेवार निकायहरू यसको छानबीन अनुसन्धान तथा गैरपत्रकारको खोजी र अबैद्य धन्दा रोकथाममा उदासीन देखिएको छ । साभार इ सेतोखरीबाट
