
Rsb
Ppu
Ssb
Csb
Ksb
Ssb
Bsn
Tgp
Ksb
Usb
jsb
Rks
Nsb
Ksb
Gsb

Gsb
Ssb
Usb
Tsb
Hl1

Rgu
Nps
ptl
कपिलवस्तु। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’कोपहिलो दिन आज पहिलो दिन । नेपाल सहित विश्वका इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमजÞान आज देखी देखी सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ । हिजो मंगलवार चन्द्रमा देखिएका कारण आजबाट रमजान सुरु हुने तथा मौलाना मकशुद खाँ नेपालीले जनाकारी दिनुभयो ।
रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञा पालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास रहेको मौलाना नेपाली बताउनु भयो । यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।
जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन । सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।
नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्क अनुसार नेपालको कूल जनसंख्या २,६४,९४,५०४ को ४.४ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ । नेपालका मुस्लिम समुदायको जनसंख्या यो भन्दा पनि अधिक रहेको छ भन्ने अनुमान यो समुदायका ब्यक्तिहरुले राख्दै आएको पनि पाइन्छ । नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास र उपस्थिति ७५ वटै जिल्लामा रहेको छ ।
स्थायी बसोबास वा ब्यवसाय वा जीविकोपार्जनको सिलसिलाका कारण नेपाली मुस्लिमहरुको ७५ वटै जिल्लामा उपस्थिति रहेको पाइन्छ। जनगणनाको तथ्यंकका आधारमा हिमाली क्षेत्रमा ४६४, पहाडी जिल्लामा ५६,३३९ र तर्राईमा ११,०७,४५२ मुस्लिम जनसांख्यिक वितरण पाइन्छ । लैंगिक हिसाबले महिला ५,७९,५०१ र पुरुष ५,८४,७५४ संख्या रहेको देखिन्छ। सबैभन्दा बढी रौतहटमा १३५२८३ मुस्लिम जनसंख्या रहेको पाइन्छ। सबभन्दा कम ताप्लेजुङ्गमा २ जना मात्र रहेको पाइन्छ ।
