Sidha Patra बुधबार, बैशाख ०१, २०७८

कपिलवस्तु। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’कोपहिलो दिन आज पहिलो दिन । नेपाल सहित विश्वका इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमजÞान आज देखी देखी सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ । हिजो मंगलवार चन्द्रमा देखिएका कारण आजबाट रमजान सुरु हुने तथा मौलाना मकशुद खाँ नेपालीले जनाकारी दिनुभयो ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञा पालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास रहेको मौलाना नेपाली बताउनु भयो । यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन । सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्क अनुसार नेपालको कूल जनसंख्या २,६४,९४,५०४ को ४.४ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ । नेपालका मुस्लिम समुदायको जनसंख्या यो भन्दा पनि अधिक रहेको छ भन्ने अनुमान यो समुदायका ब्यक्तिहरुले राख्दै आएको पनि पाइन्छ । नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास र उपस्थिति ७५ वटै जिल्लामा रहेको छ ।

स्थायी बसोबास वा ब्यवसाय वा जीविकोपार्जनको सिलसिलाका कारण नेपाली मुस्लिमहरुको ७५ वटै जिल्लामा उपस्थिति रहेको पाइन्छ। जनगणनाको तथ्यंकका आधारमा हिमाली क्षेत्रमा ४६४, पहाडी जिल्लामा ५६,३३९ र तर्राईमा ११,०७,४५२ मुस्लिम जनसांख्यिक वितरण पाइन्छ । लैंगिक हिसाबले महिला ५,७९,५०१ र पुरुष ५,८४,७५४ संख्या रहेको देखिन्छ। सबैभन्दा बढी रौतहटमा १३५२८३ मुस्लिम जनसंख्या रहेको पाइन्छ। सबभन्दा कम ताप्लेजुङ्गमा २ जना मात्र रहेको पाइन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]