मेगमन बुढा मंगलबार, चैत्र २४, २०७७

दाङ । देउखुरीको राजपुरमा सव डिभिजन वन कार्यालय स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

गंगदी सव डिभिजन वन कार्यालयको आयोजनामा मंगलबार स्वीकृत वार्षिक कार्यक्रम अन्तरगतको सव डिभिजन वन कार्यालय भित्रका २५ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई वनमा डढेलो लाग्न नदिनको लागि पुर्व तयारी कसरी गर्ने,कुनै कारण वन जंगलमा डढेलो लागे सो डढेलोलाई कसरी नियन्त्रण गर्ने,लगायत वनको महत्त्व र वन एन सम्बन्धि प्रोजेक्टको माध्यमद्वारा प्रशिक्षण दिइएको थियोे ।

देउखुरी डिभिजन वन कार्यालयका साहयक वन अधिकृत राम गोपाल चौधरीको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत बेसिन्द्रराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त गोष्ठी कार्यक्रममा वनको महत्त्व बारेमा र डढेलो सम्बन्धि डिभिजनल अधिकृत सुवेदीले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको हो ।

त्यस्तै उक्त गोष्ठी कार्यक्रममा अन्य वन डढेलो र वन एन २०७६ बारेमा सहभागी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई देउखुरी डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रेमिलाल प्रसाद र गंगदी सव डिभिजन वन कार्यालयका प्रमुख दिपक कुमार चौधरीले संयुक्तरुपमा प्रशिक्षण दिनु भएको थियो ।

यस्तै सहभागीको तर्फबाट गंगदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपक कु.चौधरीले यो गोष्ठी कार्यक्रम एकदमै फलदायी र सामुदायिक वन उपभोक्ता समुहलाई टेवा पुग्ने खालको जनचेतनामूलक कार्यक्रम रहेकोले आगामी दिनमा सो कार्यक्रमको निर्धारित समय अढाएर उक्त कार्यक्रम व्यापक रुपमा संचालन गर्नु पर्ने माग राख्दै कार्यक्रममा सहभागी सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन प्रकट गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका सूचना अधिकृत प्रेमिलाल प्रसादले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]