दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को बीचमा रहेको खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सी.टावर निर्माण हुने भएको छ ।
आइतबार वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी र नेपाल टेलिकम तुलसीपुरका प्रमुख अमरनाथ योगिकोसंग भएको सम्झौता अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सीको टावर निर्माण गर्नको लागि सम्झौता गरिएको हो ।
आउँदो २०७८ सालको असार मसान्तसम्म उक्त एन.टे.सीको टावर निर्माण कार्य सम्पन्न गर्ने गरि दुई बीचमा सम्झौता भएको छ । त्यस्तै उक्त सम्झौता गर्ने समय वडा नम्बर ६ का वडा अध्यक्ष तथा राजपुर गाउँपालिका प्रबक्ता श्यामबहादुर रोका र नेपाल टेलिकम तुलसीपुरका लेखापाल सुरेश शर्मा सो सम्झौताको साक्षी रहनु भएको छ ।
यस्तै यस अघि राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्याउले डाँडा र वडा नम्बर १ को देउराली डाँडामा
एन.टे.सीको टावर निर्माण कार्य अघि बढेको प्रबक्ता रोकाले जानकारी दिनु भयो । अब सो टावर निर्माण भयो भने दाङ जिल्लाको एकदमै विकट मानिने राजपुर गाउँपालिकाको वडा नम्बर १,३,४,५,६ र ७ नम्बर वडाको खोला,नाकाका बस्तीहरुमा संचार माध्यमको राहत हुने राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनु भएको छ ।