
Pbu
Mbdvs
Rbs
Gisld
Ksm
Sds
Anm
mbd
Gmk

Asm
Ksm
Ssm
Sbs
Rgs
Tsm
Bbu
Rsb
nsb
Rgu
Wsp
Bbbpu
Hal
Rgu
Ggd
Pvg
Gst
Sls
Vor

Rpp
Jmb
Ptm
Syp
Mks
Bml
Abd
Pls
bbt
sab
Jmb
Rmb
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को बीचमा रहेको खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सी.टावर निर्माण हुने भएको छ ।
आइतबार वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी र नेपाल टेलिकम तुलसीपुरका प्रमुख अमरनाथ योगिकोसंग भएको सम्झौता अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सीको टावर निर्माण गर्नको लागि सम्झौता गरिएको हो ।
आउँदो २०७८ सालको असार मसान्तसम्म उक्त एन.टे.सीको टावर निर्माण कार्य सम्पन्न गर्ने गरि दुई बीचमा सम्झौता भएको छ । त्यस्तै उक्त सम्झौता गर्ने समय वडा नम्बर ६ का वडा अध्यक्ष तथा राजपुर गाउँपालिका प्रबक्ता श्यामबहादुर रोका र नेपाल टेलिकम तुलसीपुरका लेखापाल सुरेश शर्मा सो सम्झौताको साक्षी रहनु भएको छ ।
यस्तै यस अघि राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्याउले डाँडा र वडा नम्बर १ को देउराली डाँडामा
एन.टे.सीको टावर निर्माण कार्य अघि बढेको प्रबक्ता रोकाले जानकारी दिनु भयो । अब सो टावर निर्माण भयो भने दाङ जिल्लाको एकदमै विकट मानिने राजपुर गाउँपालिकाको वडा नम्बर १,३,४,५,६ र ७ नम्बर वडाको खोला,नाकाका बस्तीहरुमा संचार माध्यमको राहत हुने राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनु भएको छ ।
