
Rks
Gsb
Rsb
Ppu
Ssb
Bsn
Ksb
Tgp
jsb
Csb
Fmb
Usb
Nsb
Ksb
Ssb
Ksb

Gsb
Hl1
Tsb
Ssb
Usb

Nps
Rgu
ptl
डोटी । सुदूरपश्चिम ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनले भने,राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।’ वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सारेपछि यहाँका बासिन्दा आक्रोशित भएका छन् । नेपाली सेनाको पृतना मुख्यालय यस अघि नै कैलालीको तेघरीमा सरिसकेको छ । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीय स्तरका कार्यालय कैलाली नसार्ने नेताहरुले आश्वासन दिँदै आएका थिए ।संघीयता कायम हुनु पहिले दिपायलमा रहेका क्षेत्रिय स्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनमा प्रदेश स्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म कुनै कार्यालय स्थापना भएका छैनन् ।
