
Gmk
Pbu
Rbs
Mbdvs
mbd
Ksm
Gisld
Anm
Sds

Vor
Rgu
Tsm
Gst
Asm
nsb
Ggd
Ksm
Pvg
Rgu
Bbu
Wsp
Ssm
Rgs
Sbs
Bbbpu
Sls
Hal
Rsb

bbt
Mks
Pls
Rpp
Gsb
Jmb
Syp
Abd
sab
Ptm
Bml
Jmb
Rmb
बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । त्यस्तै ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ ।
यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ । त्यस्तै
शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका १”सय १५ घर जलेर नस्ट हुँदा दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो । उहाँले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताउनुभयो । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको जनाईएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीनवटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताउनुभयो । गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागि स्थलमा दमकल पुगेको र अन्य तीनवटा दमकलले नेपालगञ्जबाट आएर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनु भयो । यस अघि गत फागुन २४ गते पनि सुईया गाउँमा आगलागि हुँदा २५ घर जलेको अध्यक्ष शाहले बताउनु भयो ।
