Sidha Patra आइतबार, चैत्र २२, २०७७

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । त्यस्तै ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको वडा सचिव सुजिता चौधरीको भनाइ छ । त्यस्तै

शनिवार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न ४ खोदावा गाउँका १”सय १५ घर जलेर नस्ट हुँदा दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो । उहाँले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताउनुभयो । आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य क्षति धेरै भएको जनाईएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले नेपालगञ्जबाट आएका तीनवटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको बताउनुभयो । गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागि स्थलमा दमकल पुगेको र अन्य तीनवटा दमकलले नेपालगञ्जबाट आएर आगलागि निययन्त्रणमा लिने प्रयास गरिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनु भयो । यस अघि गत फागुन २४ गते पनि सुईया गाउँमा आगलागि हुँदा २५ घर जलेको अध्यक्ष शाहले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]