
Mbdvs
Rbs
Gisld
Sds
mbd
Pbu

Gst
Rgs
Tsm
Sls
Bbbpu
Rgu
Rgu
nsb
Ssm
Wsp
Sbs
Asm
Ggd
Vor
Bbu
Hal
Ksm
Pvg
Rsb

sab
bbt
Rmb
Abd
Jmb
Pls
Rpp
Gsb
Jmb
Mks
Bml
Ptm
Syp
दाङ । डिभिजन वन कार्यालय घोराही दाङले आइतवार वन क्षेत्र सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ । कार्यक्रमका सहभागिहरुले सवै सरोकारवालाहरुको साझा प्रयासबाट वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण नियन्त्रण,वन पैदावारको चोरी तस्करीको न्यूनिकरण लगायतका समस्या कम गर्न सवै लाग्नुपर्नेमा सहभागिहरुको जोड छ । कार्यक्रममा डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले कार्यालयले चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म जिल्लामा गरेका गतिबिधिबारे जानकारी गराउनु भएको थियो ।
डिभिजन वन कार्यालय घोराहीले संस्कृति तथा पर्यापर्यटन पूर्वाधार बिकास कार्यक्रम अन्र्तगत घोरदौरामा सांस्कृतिक डवली निर्माण,घोराहीको बिजौरीडाँडामा मल्टिप्रपोज वोटानिकल गार्डेन निर्माण,बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माण लगायतका कायृक्रम मुख्य कार्यक्रमका रुपमा भइरहेको जानकारी गराउनुभयो । यसैगरी कार्यालय वन,वन्यजन्तु जैविक बिबिधता संरक्षण तथा ब्यवस्थापन कार्यक्रम, जडिवुटी तथा गैरकाष्ट वन पैदावार बिकास कार्यक्रम लगयतका कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।
जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आम उपभोक्ताहरुलाई वन पैदावार सहज तरिकाले उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय हरुसँग बिकल्प नहुदा वन पैदावारको चोरी तस्करी बढेको भन्दै मेयर चौधरीले भविष्यलाई हेरर वन बिकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले स्थानीय तहको समन्वयमा सचेतनामूलक कार्यक्रम गाउँतहसम्म गरेर वन डढेलो नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तह, प्रशासन, वन कार्यालय र स्थानीय बासीहरुबिच समन्वय गरेर वन अतिक्रमण रोक्न पर्नेमा जोड दिदै उहाँले बिकास निर्माणको बिषयमा ब्यवहारिक हुन समेत आग्रह गर्नुभयो । वनमा आगो लगाउने मानिसहरुको पहिचान गरी कडाभन्दा कडा सजाय दिनुपर्नेमा प्रजिअ पौडेलले जोड दिनुभयो ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिकाका वातावारण तथा बिपत ब्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वन पैदावारको उचित ब्यवस्थापन गरेर वन डढेलो नियन्त्रण गर्नुपर्ने उपाय खोज्नुुपर्ने बताउनुभयो । त्यस्तै बवई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले नेपालको वनमा आगो लगाउने र बिदेशबाट काठ ल्याएर बेच्ने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले वनका पात पतिङगर संकलन गरेर जैविक मल बनाउने अवधारण गाउँतहसम्म लैजान सके वन डढेलो कम गर्न सकिने बताउनुभयो । यस्तै वन पैदावार उद्योग ब्यावासायि महासंघका केन्द्रीय सदस्य दानबहादुर अधिकारीले गर्मीयाम सगै वनमा समस्याका रुपमा देखिने वन डढेलो नियन्त्रणका लागि नयाँ सोच र योजनाका साथ काम गर्नुपर्ने बताउनुभयो । त्यसका लागि ७ वटै प्रदेशमा कम्पोजिट उडप्लान्ट बनाउनका लागि महासंघले प्रयास थालेको बताउनुभयो ।
वन डढेलोको प्रमुख कारणका रुपमा रहेका झरेका पात पतिङगर,साना बुट्यान र झाडी सफाइबाट प्राप्त भएका हागाबिनालाई क्रसिड गरी कम्पोजिट उडप्लान्टबाट प्लाई बनाउनु पर्ने गरी काम अघी बढाउनुपर्ने उहाँको भनाई छ । अहिलेपनि दाङका थुप्रै स्थानमा काटिएको काठ अलपत्र अवस्थामा रहेको भन्दै उहाँले त्यसका तत्काल निकासी गर्ने बतावरण मिलाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल,सदस्य जक्तबहादुर बस्नेत लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो ।
