दाङ । राप्ती गाउँपालिका ८ पिपरी निबासी ४१ वर्षीया युवा बोनमेरो पीडित सगुन गुरुङलाई तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद )ले ६१ हजार ३ सय ८१ रु नगद सहयोग गरेको छ । अहिले सगुनको उपचार ललितपुर स्थित सिभिल अस्पतालमा भइरहेको छ ।
उनी विगत १० वर्ष देखि उक्त रोगबाट ग्रस्त भएको आमा सरिता गुरुङले बताउनु भयो । सगुनको उपचारमा सिभिल अस्पताल पुलचोक ललितपुरमा वरिष्ट चिकित्सक डा. विशेष पौडेलले गरिरहनु भएको छ। बोनमेरो पीडित सगुनकी आमा सरिता गुरुङलाई तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद ) लुम्विनी प्रदेशका अध्यक्ष खुम बहादुर गुरुङले उक्त रकम हसतान्तरण गर्नु भएको हो।
उक्त रकम हसतान्तरण तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद ) दाङ जिल्ला महासचिव चन्द्र तमु, दाङ जिल्ला कोषाध्यक्ष तथा राप्ती गाउँपालिका वार्ड नं ८ पिपरि इकाई अध्यक्ष खिम बहादुर तमु लगायतको उपस्थिति रहेको थियो।
जसमा पिपरी इकाईबाट उठेको रकम रु २८ हजार ३ सय ३५ रुपैयाँ र लालमटिया इकाईबाट उठेको रकम रु ३३ हजार ४६ रुपैयाँ गरी जम्मा नगद रु ६१ हजार ३ सय ८१ रुपैयाँ रहेको छ ।