
Pbu
mbd
Mbdvs
Sds
Gisld
Rbs

Pvg
Hal
Rgu
Ssm
Rgu
Bbu
Sbs
Vor
Wsp
nsb
Asm
Sls
Rgs
Ksm
Ggd
Rsb
Bbbpu
Gst
Tsm

Mks
Ptm
Jmb
Rmb
Pls
Syp
sab
Rpp
Bml
bbt
Jmb
Gsb
Abd
दाङ । राप्ती गाउँपालिका ८ पिपरी निबासी ४१ वर्षीया युवा बोनमेरो पीडित सगुन गुरुङलाई तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद )ले ६१ हजार ३ सय ८१ रु नगद सहयोग गरेको छ । अहिले सगुनको उपचार ललितपुर स्थित सिभिल अस्पतालमा भइरहेको छ ।
उनी विगत १० वर्ष देखि उक्त रोगबाट ग्रस्त भएको आमा सरिता गुरुङले बताउनु भयो । सगुनको उपचारमा सिभिल अस्पताल पुलचोक ललितपुरमा वरिष्ट चिकित्सक डा. विशेष पौडेलले गरिरहनु भएको छ। बोनमेरो पीडित सगुनकी आमा सरिता गुरुङलाई तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद ) लुम्विनी प्रदेशका अध्यक्ष खुम बहादुर गुरुङले उक्त रकम हसतान्तरण गर्नु भएको हो।
उक्त रकम हसतान्तरण तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद ) दाङ जिल्ला महासचिव चन्द्र तमु, दाङ जिल्ला कोषाध्यक्ष तथा राप्ती गाउँपालिका वार्ड नं ८ पिपरि इकाई अध्यक्ष खिम बहादुर तमु लगायतको उपस्थिति रहेको थियो।
जसमा पिपरी इकाईबाट उठेको रकम रु २८ हजार ३ सय ३५ रुपैयाँ र लालमटिया इकाईबाट उठेको रकम रु ३३ हजार ४६ रुपैयाँ गरी जम्मा नगद रु ६१ हजार ३ सय ८१ रुपैयाँ रहेको छ ।
