दिपक वली/घोराही बिहिबार, भाद्र २५, २०८३

दाङ । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ र १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि चिकित्सा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीलाई चिकित्सा शिक्षा,स्वास्थ्य क्षेत्रका सम्भावना तथा चिकित्सा पेशामा प्रवेशका लागि आवश्यक तयारीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संजीवनी शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ फिजिसियन डा. बाचास्पति सुबेदी मुख्य प्रशिक्षकका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा डा.सुबेदीले चिकित्सा शिक्षा अध्ययनका लागि आवश्यक शैक्षिक तयारी,विद्यार्थीले छनोट गर्न सक्ने चिकित्सा क्षेत्रका विभिन्न विधा,स्वास्थ्य क्षेत्रमा रहेको रोजगारी तथा व्यावसायिक सम्भावना र चिकित्सा पेशामा आवश्यक पर्ने अनुशासन, लगनशीलता तथा सेवाभावका विषयमा विद्यार्थीलाई परामर्श प्रदान गरेका थिए । उनले चिकित्सक बन्ने लक्ष्य राखेका विद्यार्थीले केवल परीक्षामा राम्रो अंक ल्याउने उद्देश्यमा मात्र सीमित नभई विषयवस्तुको गहिरो अध्ययन,व्यवहारिक ज्ञान,समय व्यवस्थापन र निरन्तर मेहनतमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । चिकित्सा पेशा ज्ञानसँगै मानवीय संवेदना र सेवाभावसँग जोडिएको क्षेत्र भएकाले विद्यार्थीले अध्ययनसँगै जिम्मेवारी र नैतिकतालाई पनि आत्मसात गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीहरुले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीका जिज्ञासाको डा. सुबेदीले सहज तथा व्यावहारिक रुपमा जवाफ दिएका थिए ।विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्य पहिचान गरी सही शैक्षिक तथा व्यावसायिक मार्ग छनोट गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस्ता परामर्श कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

गुरुकुल एकेडेमीले कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीलाई व्यवहारिक ज्ञान, करियर सम्बन्धि मार्गदर्शन तथा विभिन्न पेशागत क्षेत्रबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउँदै आएको छ । चिकित्सा परामर्श कार्यक्रमले विज्ञान संकायका विद्यार्थीलाई स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सम्भावना बुझ्न र आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न थप सहयोग पुगेको विद्यालयको विश्वास छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]