Sidha Patra बिहिबार, भाद्र २५, २०८३

दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ ।

यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको बिहिवार राप्ती उपत्यका (देउखुरी)मा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए । सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायातसम्बन्धी अधिकार विस्तार गर्न लागिएको बताए ।

त्यस्तै,उनले यातायात सेवा सञ्चालन भइरहेका स्थानमा हालकै व्यवस्था यथावत् रहने र सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा प्रवाह गरिने स्पष्ट पारे । यसका लागि आवश्यक तयारीका साथ अघि बढ्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए । मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलाइ नगर्न र कर्मचारीले जिम्मेवार तथा पारदर्शी भएर काम गर्न निर्देशन दिए । सेवाग्राहीलाई अनावश्यक रुपमा कुराउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै उनले एक घण्टाभित्र सम्पन्न गर्न सकिने काम एक घण्टाभित्रै गरिदिन कर्मचारीलाई निर्देशन दिए ।

सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए । बाँकी ६ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायतका अधिकार पनि क्रमशः प्रत्यायोजन गर्दै जाने सरकारको तयारी रहेको उनले बताए ।

यातायात क्षेत्र प्रदेश सरकारको एकल अधिकार अन्तर्गत राजस्व संकलन हुने महत्वपूर्ण क्षेत्र भएकाले यसमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानुनको पूर्ण पालना गर्नुपर्ने उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]