Sidha Patra बुधबार, चैत्र १८, २०७७

दाङ । नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख मंगलबार राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की पुलकाे उद्घाटनका क्रममा अनावरण गरेकाे शिलालेख केही दिनमै ताेडफाेड भएको थियाे ।

त्यस्तै पहिले शिलालेखमा सिसहनियाँ राप्ती पुल नाम राखिएको थियाे भने अहिले नयाँ शिलालेखमा महदेवा सिसहनियाँ राप्ती पुलकाे नाम राखिएको छ। यस्तै पुल गढवा गाउँपालिकाकाे महदेवा क्षेत्रमा रहेकाले पुलकाे नाममा महदेवा नराखिएको भन्दै विरोध भएको थियो। तर याे पुलकाे शिलालेख ताेडफाेडमा गाउँलेकाे असन्तुष्टि बीच तत्कालीन नेकपा भित्रकाे अन्तरविरोधले काम गरेकाे दावी गरिएको छ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते पुल शिलान्यास गर्नु भएको थियो । करिब १ अर्ब रुपैयाँ लागतको यो पुल चार वर्ष भित्र बनाइसक्ने सम्झौता भएको थियो। तर पुल पूर्व निर्धारित समय भन्दा ४ महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेकोे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]