Sidha Patra बुधबार, चैत्र १८, २०७७

दाङ । घोराही उपमहानगरपालिका-१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका वडा नम्बर १२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् ।

विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । खोटाङ, जन्तेढुंगा गाउँपालिका-२ खोपापाखा जंगलमा खरघारीभित्र बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]