
Rbs
Mbdvs
Sds
mbd
Gisld
Pbu

Pvg
Ggd
Hal
Bbbpu
Bbu
Ssm
Gst
Rgu
Rgu
Sls
Rgs
nsb
Vor
Rsb
Ksm
Wsp
Tsm
Asm
Sbs

Mks
Abd
Pls
Rmb
Gsb
Ptm
Jmb
Rpp
Bml
sab
bbt
Syp
Jmb
दाङ । यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चित कालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर,यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी आज एक बजेदेखि फिर्ता हुने भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।
त्यस्तै यातायात मजदुर,यातायात व्यवसायी बिच भएको ६ बुंदे लिखित सहमति । यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको । सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोषऐन २०७४ कार्यान्वयन गर्न समहती ।
त्यस्तै नेपाल सरकार,नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने । कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने । यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न तपशिल बमोजिमको समिती गठन गर्ने र समितीले १ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।
