
Sds
Mbdvs
mbd
Rbs
Pbu
Gisld

nsb
Rgu
Sbs
Ksm
Sls
Bbu
Hal
Rgu
Pvg
Tsm
Rgs
Ssm
Gst
Wsp
Bbbpu
Rsb
Asm
Vor
Ggd

Pls
Ptm
Jmb
bbt
Mks
Syp
Abd
Rmb
Jmb
Rpp
sab
Bml
Gsb
दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएको छ । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् ।
त्यस्तै यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
यस्तै उनिहरुले पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूणर् यातायात क्षेत्र अनिश्चितकालका लागि गर्ने मजदुरहरुले चेतावनी दिएका छन् ।
यसैगरी यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिहरुले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने,नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ,तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निणर्य कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।
त्यसैगरी नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरहरुले बन्दको घोषणा गरेका हुन् ।
त्यस्तै कोरोना महामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्यामा परेकाले आन्दोलित हुन बाध्य भएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताउनु भयो ।
यस्तै जिल्लामा चल्ने र जिल्लाबाट बाहिरिने कुनै पनि यात्रुबाहक सवारी साधन चल्न नदिने उनीहरुले बताएका छन् । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले मंगलबार बिहान यातायात व्यावसायिहरु संग छलफल गरेर समस्याको समाधान गर्ने बताउनु भएको छ ।
