Sidha Patra सोमबार, चैत्र १६, २०७७

काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न सकेका छन् ।

हेलिकोप्टरको उडान–अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन्,’ उहाँले भन्नू भयो ।‘प्रकृति र मौसमको बाटो हेर्दै बसेका छौं ।’ अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।
आरोहण सिजनमा आशा

हेलिकोप्टरका लागि मुख्य विजनेश दिने वर्ग पर्यटक हुन् । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको संख्या जति बढी भयो, हेलिकोप्टरको विजनेश पनि उत्तिकै हुने गर्छ । तर, पर्यटक नआएपछि सन् २०२० को वसन्त ऋतुयता नै हेलिकोप्टरले विजनेश पाएका छैनन् । यसरी विजनेश गुमाएको ठ्याक्कै एक वर्ष पुगेको छ । जारी आरोहण सिजनमा पर्यटक आउने र केही मात्रामा भएपनि विजनेश पाउने आशामा व्यवसायी छन् । अहिले वायुसेवा सञ्चालक संघले हवाई व्यवसायमा एक वर्षको अवधिमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्दै प्राधिकरण

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था विश्लेषण गर्ने भएको छ । सो प्रयोजनका लागि प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुबाट उनीहरुको अहिलेको अवस्था के छ भन्ने सम्बन्धी विवरण माग गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनु भयो । हामी आगामी बजेट, नीति तथा कार्यक्रमको तयारीमा छौं,उहाँले भन्नु भयो । सोही प्रयोजनका लागि सबै कम्पनीहरुबाट उनीहरुको आर्थिक अवस्था के छ भन्नेबारे विवरण माग गरेका छौं ।’ यसले आगामी बजेटमा एयरलाइन्स क्षेत्रलाई कसरी सम्बन्धी गर्ने भन्नेबारे धारणा बनाउन सहज हुने प्राधिकरणको भनाइ छ ।

त्यस्तै हेलिकोप्टर सोसाइटी अफ नेपालका अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य भएको अवस्थामा पनि कतिपय हेलिकोप्टर कम्पनीले सेवा नै शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका हेलिकोप्टर कम्पनीले समेत एक÷एक वटा मात्र हेलिकोप्टरबाट सेवा थालेका छन् । तुवाँलो भन्दा अगाडि समेत दुई दर्जन हेलिकोप्टर विमानस्थलमा थन्किएर बसेका थिए ।

मासिक करोडौं घाटा

सोसाइटीको तथ्यांक अनुसार नेपालमा व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसतः मासिक १ सय घण्टासम्म उडान गर्ने गरेको थियो । हेलिकोप्टरले प्रतिघण्टा औसतः १७ सय डलरमा उडान गरिरहेका थिए । अहिले उडिरहेका हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा समेत पुग्दैन । यता, भाडा औसतः ९ सय देखि १ हजार डलर प्रतिघण्टामा झरेको छ ।

अर्थातः हरेक उडानमा औसतः ७ सय डलरसम्म घाटा बेहोर्नु परेको व्यवसायीहरुको भनाइ छ । यसमा थन्किएर बसेका हेलिकोप्टरको कमाई जोडिएको छैन । यसबाट मासिक करोडौं रुपैयाँ घाटा भइरहेको छ । एउटा मात्र हेलिकोप्टर हुने कम्पनीले आफ्नो संचालन खर्च धान्न मासिक औसतः ५० घण्टासम्म उड्नुपर्ने सोसाइटीको अनुमान छ । त्यसभन्दा माथि उडान भएमा मात्र त्यो कम्पनीको नाफा हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]