
Amb
Sdc
ksbus


दाङ । तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते तुलसीपुर–११ कटाहाकी स्कुटर चालक २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
गम्भीर घाइते उनलाई उद्धार गरी तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा चिकित्सकले साढे १ बजेपछि उनलाई मृत घोषणा गरेका थिए ।
डिएसपी पराजुलीका अनुसार दिउँसो साढे १२ बजेतिर तुलसीपुर बजारबाट राप्ती राजमार्ग हुँदै दक्षिण गुम्ह्रा चोकतर्फ तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने रा १ ग २२ गाडी (टिपर) र केसी सवार रा ४ प ७९४५ नम्बरको स्कुटर एकै दिशामा गइरहेका थिए । त्यही क्रममा केसी सवार स्कुटीलाई दक्षिणबाट उत्तर बजारतर्फ जाँदै गरेको क.प्र. ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि सन्तुलन गुमाउँदै स्कुटर चालक केसी सडकमै लडन् पुगिन्। त्यही क्रममा सँगसँगै एकै दिशातर्फ जाँदै गरेको तुलसीपुर उपमहानगरको फोहोर बोक्ने गाडीलाई सडकमै लडेकी केसीलाई ठक्कर दिएको थियो ।
दुर्घटनास्थलमा केही वर्ष पहिले सडक चौडा पारिए पनि हालसम्म सडक लेन छुट्ट्याउन कुनै पनि मार्किङ गरिएको छैन । जहाँ चालकले मनपर्दी गाडी हुक्याउँछन् । साना सवारीका चालक आफै सावधानपूवर्क सवारी नचलाए जतिखेर पनि जोखिममा पर्न सक्ने खतरा छ । तर, सडक विभाग लगायत सरोकारवाला निकाय कसैको पनि यहाँ ध्यान पुगेको छैन ।
राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर उपमहानगरपालिका–६ गुम्ह्राचोक र मदन आस्रित चोकको बीचमा दिउँसो दुर्घटना भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेतोपाटी
