ओमप्रकाश गुप्ता बुधबार, साउन २०, २०८३

दाङ । देउखुरीका एक व्यक्तिले नक्कली सिफारिस बनाएर रकम अशुली धन्दा चलाएको खुल्न आएको छ ।

लमही नगरपालिका-१ निवासी ज्ञानु नेपाली नाम गरेको व्यक्तिले आफ्नी आमा फुर्सी नेपालीलाई नक्कली बिरामी खडा गरेर लमही नगरपालिका १ नम्बर वडा कार्यालयको नक्कली सिफारिस पत्र बनाएर रकम असुल गरेको खुल्न आएको हो । प्यारालाइसिसको बिरामी भई लुम्बिनी हस्पिटलमा भर्ना भएको भनिएकी फुर्सी नेपाली बिरामी नरहेको र सो पत्र समेत नक्कली रहेको वडा अध्यक्ष दामोदर पाैडेलले बताएका छन् ।

निज ज्ञानु नेपालीले जारी मिति २०८३/०३/२३, पत्र संख्या २०८३/०८४ र चलानी नम्बर ९७२ राखि कार्यवाहक वडा अध्यक्ष शोभाराम चाैधरीको नाम राखि आफैले हस्तान्तरण गरेको नक्कली सिफारिस बनाएर दाङको तुलसीपुर क्षेत्रमा चन्दा अशुल्दै हिडेको खवर र नक्कली सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ । सो पत्र बाहिरिए पछि वडा अध्यक्ष दामोदर पाैडेलले अस्थायी प्रहरी पोष्ट नर्तीमा जानकारी गराका छन् । यद्यपि यस विषयमा प्रहरीले अनुसन्धान गर्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]