
Ggp
Ksbus
Rgp
Lnp
Ggp
Sdc
Ksbus
Asbus
Msbus


काठमाडौँ । भारत बिहारको सितामढी मल लिन जाँदा पक्राउ परेका सर्लाही बलरा नगरपालिका वडा नम्बर ५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रिहा भएका छन् ।
त्यस्तै,उनीहरु एक महिनाअघि मल ल्याउन भारत गएका थिए । मल किनेर फर्किने क्रममा उनीहरूलाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
आज उनीहरूलाई त्यहाँका अदालतले छाड्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले बताए । ‘उनीहरू यसअघि नै छुट्नेवाला थिए तर त्यहाँका न्यायधीश बिदामा बसेका कारण ढिलो भएको हो ।
त्यस्तै,दुवै जनालाई अदालतले जमानतमा छाड्न आदेश दिएपनि भारतकै कुनै व्यक्तिले साक्षी बसे बिहीबार अर्थात् भोलि घर ल्याउन दिन्छ’ अविनाशले बताए ।
रातोपाटी
