
Gesld
pvg
rgs
Dbc
Pbu
Snmbs
Mbf
dpm
Amb
Snmbs
sjnsplk
Dpm
snmbs
Ges
Sdc


दाङ । रातोडाँडास्थित मुख्य खानेपानी ट्यांकीको सरसफाइ तथा मर्मत कार्यका कारण लमही क्षेत्रमा करिब २० घण्टासम्म खानेपानी वितरण बन्द हुने भएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अनुसार साउन २ गते आज शनिबार बेलुका ४ बजेदेखि साउन ३ गते आइतबार दिउँसो १२ बजेसम्म खानेपानी वितरण पूर्ण रूपमा प्रभावित हुनेछ । संस्थाका अध्यक्ष सनमकुमार पौडेलले ट्यांकीको नियमित सरसफाइ गरी गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले वितरण सेवा अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिए ।
त्यस्तै,खानेपानी आपूर्तिमा अवरोध हुने भएकाले सम्पूर्ण उपभोक्तालाई आवश्यक पर्ने पानी अग्रिम रूपमा संकलन गरी सुरक्षित राख्न तथा वैकल्पिक व्यवस्थापन गर्न संस्थाले आग्रह गरेको छ । संस्थाले यस अवधिमा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै सरसफाइ कार्य सम्पन्न भएपछि नियमित रूपमा खानेपानी वितरण पुनः सञ्चालन गरिने जनाएको छ ।
