
Sds
Pbu
mbd
Rbs
Gisld
Mbdvs

Sbs
Rgs
Tsm
Sls
nsb
Ksm
Hal
Rgu
Vor
Rgu
Bbu
Pvg
Gst
Wsp
Asm
Ggd
Ssm
Bbbpu
Rsb

Rpp
Jmb
Gsb
Jmb
bbt
Bml
Syp
sab
Ptm
Abd
Pls
Mks
Rmb
दाङ । देउखुरीकाे लमही नगरपालिका ३ वनगाँउमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बुधवार देखि सुरु भएको छ । लमही नगरपालिका ३ बनगाँउमा रहेकाे बाल जनता माबिकाे ब्यबस्थापन तथा लमही नगरपालिकाकाे आयाेजनामा खेलकुद प्रतियाेगिता सुरु भएको हाे । ५ दिन सम्म चल्ने प्रतियाेगितामा लमही नगरपालिका भरिका सरकारी तथा निजी विद्यालयका माबि र आधारभुत तहका २२ वटा विद्यालयले भाग लिएका छन् ।
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा प्रतियोगीताको उद्घाटन गरिएको छ । खेल उद्घाटन कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य शर्माले विद्यार्थीमा अनुशासीत स्वभाव र व्यवहारको निमित्त खेलकुद प्रतियोगीता जरुरी रहेको बताउनु भएको छ । उहाँले खेलकुदको माध्यमबाट देश अघी बढ्न थालेको पनि बताउनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका रेशमबहादुर खड्का,माओवादी केन्द्रका बसन्तराज शर्मा, देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शेरबहादुर गिरी, जिल्ला इकाई समन्वय समिति दाङका प्रमुख देबमणी चाैधरी,लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र क्षेत्री, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चाैधरी लगायतले बाेल्नु भएको थियो । विद्यालयका पुर्ब प्रअ कृष्णप्रसाद भुसालको स्वागत तथा विद्यालयका प्रअ कृष्ण केसीले विशेष प्रबेश गराएकाे कार्यक्रमकाे संचालन शिक्षक बिक्रम पोख्रेलले गर्नु भएको थियो ।
