
Rbs
Sds
Pbu
mbd
Mbdvs
Gisld

Bbbpu
Pvg
Gst
Sls
Ksm
Vor
Rgu
Ssm
Rgu
nsb
Wsp
Asm
Tsm
Bbu
Ggd
Rsb
Hal
Sbs
Rgs

Mks
Gsb
sab
Jmb
Bml
Syp
Ptm
Rmb
Abd
Rpp
Pls
bbt
Jmb
चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।
आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।
