लक्ष्मण बस्नेत मंगलबार, चैत्र १०, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ ।

तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलले जानकारी दिए । भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयरकपका माध्यमबाट चलाएमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक माईकलले बताए ।

झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिता ब्यबस्थापनको जिम्मा पाएको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले यतिबेला आफ्नो तयारी लाई तिब्र पारेको छ । उसले टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार, खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारीलाई तिब्र पारेको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डाँगीले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]