
Pbu
Gisld
Mbdvs
mbd
Rbs
Sds

Ssm
Gst
Vor
Rgu
Wsp
nsb
Bbbpu
Tsm
Sls
Hal
Ggd
Pvg
Ksm
Asm
Rgu
Bbu
Sbs
Rsb
Rgs

Jmb
Ptm
Abd
Gsb
sab
Pls
Syp
Mks
Jmb
Rpp
bbt
Rmb
Bml
दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ ।
तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलले जानकारी दिए । भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयरकपका माध्यमबाट चलाएमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक माईकलले बताए ।
झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिता ब्यबस्थापनको जिम्मा पाएको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले यतिबेला आफ्नो तयारी लाई तिब्र पारेको छ । उसले टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार, खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारीलाई तिब्र पारेको त्रिशिदेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डाँगीले जानकारी दिएका छन् ।
