शिवराज खनाल आइतबार, चैत्र ०८, २०७७

दाङ । कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समय देखि जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन । आईतवार देखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिंहले प्रतियोगिताले नेपाली खेलाडीलाई विदेशिको अनुभव सिकन अवसर मिल्ने धारणा राखे ।

प्रतियोगितामा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जिल्लाका खेलाडीहरुलाइ नयाँ बाताबरणमा खेलखेल्नका लागि आत्म विश्वास बढाउने उल्लेख गरे । देउखुरी क्रिकेट कल्बका उपाध्यक्ष प्रकाश जिसीले भारतका खेलाडी समेत आएर स्थानिय खेलमैदानमा खेलेको हेर्न पाउदा गौरवको अनुभुती भएको सुनाए ।

प्रतियोगिताको शुभारम्भमा लमही क्रिकेट संघका अध्यक्ष किरन बुढाथोकी कोषाध्यक्ष उत्तम बिष्ट , सुभ निर्माण सेवाका संचालक गिरीराज बिष्ट , आर एस क्रिकेट एकेडेमीका प्रशिक्षक दिपक पाटेल , रास्ट्रिय क्रिकेट खेलाडी अमित तामाङ लगाएतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित मेडल पुरस्कार पाउने छ । उपबिजेताले नगद १० हजार सहित मेडलमा चित्त बुझाउनु पर्ने छ । चैत १४ गतेसम्म संचालन हुन प्रतियोगितामा मित्रराष्ट भारतबाट २ वटा र दाङ जिल्लाका ४ गरि कुल ६ वटा एकेडेमीको सहभागिता रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]