
Gisld
Mbdvs
Pbu
Rbs
mbd
Sds

nsb
Ggd
Asm
Pvg
Rsb
Rgu
Gst
Ksm
Tsm
Sbs
Vor
Sls
Wsp
Rgu
Hal
Rgs
Ssm
Bbbpu
Bbu

Jmb
Syp
sab
Jmb
Rmb
Pls
Ptm
Mks
bbt
Bml
Gsb
Rpp
Abd
दाङ । जिल्लाको विभिन्न स्थानमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चलाएको अपरेसनमा ब्राउन सुगर र चरेशसहित ७ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले आज गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क न्युरोड क्षेत्रबाट २९ वर्षीय उद्धव शाहलाई पक्राउ गरेको हो । उनको शरीर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ९ पुरिया ब्राउन सुगर जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको तौल १ ग्राम ३५० मिलिग्राम रहेको छ ।
त्यसैगरी तुलसीपुर बसपार्क क्षेत्रबाटै प्रहरीले २ जनालाई चरेशसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका –८ का २८ वर्षीय शुक्र बहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका–१२ का २५ वर्षीय विजय सिंह रहेका छन् । उनीहरुको साथबाट ८९५ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसअघि घोराही उपमहानगरपालिका–१८ खर्कट्टी टोलस्थित एक घरमा छापा मार्दा ४ जना पक्राउ परेका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले अनिता रोका मगर, उनका श्रीमान ४४ वर्षीय नवीन कुमार रोका मगर, ५० वर्षीय खड्क बहादुर पुन र ४३ वर्षीया कविता घर्तीलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै उक्त घर तथा मोटरसाइकल खानतलासी गर्दा विभिन्न प्याकेटमा लुकाइराखिएको ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको छ । प्रहरीले कुल ५६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ र एउटा मोटरसाइकल बरामद गरेको जनाएको छ । पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।देशसञ्चार
