
Gisld
Pbu
Rbs
mbd
Mbdvs
Sds

Hal
Ssm
Bbu
Wsp
Bbbpu
Ksm
Tsm
Sls
Rgs
Ggd
nsb
Gst
Vor
Asm
Sbs
Rgu
Rgu
Pvg
Rsb

Bml
Ptm
Jmb
Abd
Jmb
Gsb
Syp
Rpp
bbt
Mks
Pls
sab
Rmb
दाङ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले आफ्नो १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम फाल्गुन ६ गते बुधबार भोलि मनाउने भएको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको विद्यालयले भोलि विविध कार्यक्रमका बीच आफ्नो वार्षिकोत्सब मनाउन लागेको विद्यालयले जनाएको छ । सैधान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञान प्रदान गर्दै आएको उक्त विद्यालयले आफ्नो १८ वार्षिकोत्सब कार्यक्रम फरक किसिमले मनाउने भएको हो ।
त्यस्तै कार्यक्रमको उद्घाटन एन प्याब्सनका केन्द्रीय अध्यक्ष सो कार्यक्रमका प्रमुख अतिथि सुवास न्यौपानेले गर्ने विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीले जानकारी दिए । यस्तै उनले वार्षिकोत्सब कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए ।
विद्यालयले प्रत्येक वर्ष विभिन्न खेलकुद, सांस्कृतिक तथा अन्य कार्यक्रमको बीच आफ्नो वार्षिकोत्सब मनाउदै आइरहेको छ । भोलि हुने विषेश १८ वार्षिकोत्सब कार्यक्रमका लागि पत्रहरु अतिथिलाई पठाइसकेको र पत्र पठाउन नसकीएको अतिथिहरुलाई फोन मार्फत जानकारी गराइएको हुँदा अतिथिहरु र आम अभिभावकलाई कार्यक्रममा उपस्थितिका लागि प्रधानाध्यापक केसीले अनुरोध गरेका छन् ।
