
mbd
Gmk
Mbdvs
Rbs
Pbu
Gisld
Sds
Ksm
Anm

Ggd
Rgu
Wsp
Asm
Rsb
Gst
Ssm
Sls
Rgu
Vor
Tsm
nsb
Hal
Ksm
Bbbpu
Bbu
Pvg
Rgs
Sbs

sab
Ptm
Syp
Gsb
Abd
Jmb
Rpp
Bml
Rmb
bbt
Mks
Jmb
Pls
दाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजामा दाङको राप्ती गाउँपालिका पुनःजिल्लामै अब्बल सावित भएको छ ।
यससँगै राप्ती गाउँपालिका चौथो पटक दाङ जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको हो । आयोगका अनुसार राप्ती गाउँपालिका ७७.४६ अंकसहित जिल्लाका १० स्थानीय तहमध्ये पहिलो स्थानमा रहेको छ ।
त्यस्तै प्रतिवेदनमा शान्तिपुर गाउँपालिकाले ६९.८४ प्राप्त गरि दोस्रो भएको छ। लमही नगरपालिकाले ६४.१८ तेस्रो भएको छ । बंगलाचुली पालिकाले ६२.५७ चौथो, तुलसीपुर उपमहानगरपालिकाले ६१.५३ पाँचौ, घोराही उपमहानगरपालिकाले ६१.०८ छैटौ, दंशीशरण गाउँपालिकाले ६०.९७ सातौ, बबई गाउँपालिकाले ६०.६८ आठौ, गढवा गाउँपालिकाले ५८.९५ नवौ स्थानमा रहेका छन् ।
राजपुर गाउँपालिकाले ४९ दशमलव १७ अंक प्राप्त गरि जिल्लामै सबैभन्दा कमजोर देखिएको छ । देशभरका ७ सय ५३ स्थानीय तहहरूमध्ये राप्ती गाउँपालिका नवौं स्थानमा पर्न सफल भएको छ। संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि आयोगले विभिन्न १७ वटा सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।
एक सय पूर्णाङ्कमा आधारित मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याउने स्थानीय तहलाई उत्कृष्ट ठहर गरिन्छ । मूल्यांकनका आधारहरूमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित अवस्था, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम समयमै प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्च स्थिति, बेरुजु अवस्था, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भजाँच गर्ने महिलाको अनुपात, एसईई परीक्षा नतिजा तथा पूर्ण खोप सुनिश्चितता लगायतका सूचक समेटिएका छन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यो उपलब्धि सामूहिक प्रतिबद्धता,पारदर्शिता र परिणाममुखी कार्यशैलीको प्रतिफल भएको उल्लेख गर्दै सम्पूर्ण राप्तीवासी,जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सरोकारवालामा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र समृद्ध राप्ती निर्माणतर्फ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
