
Gmk
Sds
Rbs
mbd
Gisld
Anm
Ksm
Pbu
gst
Mbdvs

Ksm
Asm
Rgu
Bbbpu
Tsm
Hal
Rsb
Ssm
Wsp
Pvg
Vor
Gst
Rgs
nsb
Bbu
Rgu
Ggd
Sbs
Sls

bbt
Rpp
Rmb
Ptm
Jmb
Mks
sab
Gsb
Syp
Pls
Abd
Bml
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छिट्टै नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
लमहीमा आयोजित प्रधानमन्त्री कप दाङ जिल्ला स्तरीय पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको आज समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले लमहीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए ।
त्यस्तै उनले स्टेडियम क्यानलाई हस्तान्तरण गरेपछि यहाँ राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण क्याम्प तथा अन्तर्राष्ट्रिय अभ्यास खेलहरू आयोजना गर्न सहज हुने बताए । “लमहीको भौगोलिक अवस्थिति, पूर्वाधार र जनशक्तिलाई सदुपयोग गर्दै खेल पर्यटन र खेल अर्थतन्त्रको विकास गर्न सकिन्छ,” नगर प्रमुख चौधरीले भने ।
नगर प्रमुख चौधरीका अनुसार लमही नगरपालिकाले खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै क्रिकेटसँगै फुटबल, भलिबल,एथलेटिक्स लगायतका खेलका लागि पनि मैदान,प्रशिक्षण केन्द्र र खेलकुद पार्क निर्माण गर्ने दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए । विद्यालयस्तरदेखि नगरस्तरसम्म नियमित प्रतियोगिता आयोजना गरी स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्ने नीति पनि अघि बढाइएको उनको भनाई छ ।
कार्यक्रममा नगर प्रमुख चौधरीले नगरपालिकाद्वारा लगत्तै ‘मेयर कप’ क्रिकेट र फुटवल प्रतियोगिता सञ्चालन गरिने घोषणा पनि गरेका छन् । मेयर कपमार्फत युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने र लमहीलाई क्रिकेट लगायत अन्य खेलको गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य रहेको नगर प्रमुखको भनाइ थियो ।
कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुले लमहीमा सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको मैदान सञ्चालनमा आउनुले दाङ मात्र होइन,समग्र लुम्बिनी प्रदेशकै खेलकुद विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।

