लक्ष्मण बस्नेत बुधबार, फाल्गुण १९, २०७७

दाङ । दाङको तुलसीपुरमा ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २३ र २४ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुने छ ।

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिता का संयोजक रुपेश शर्मा ले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्मा ले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ । फागुन २४ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजक ले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]