
Ksm
Mbdvs
Gisld
Anm
Rbs
Gmk
gst
mbd
Pbu
Sds

Sls
Tsm
Rgu
Gst
Ggd
Ksm
Sbs
Rgs
Rgu
Vor
Asm
Hal
Bbbpu
nsb
Ssm
Bbu
Rsb
Pvg
Wsp

Abd
sab
Gsb
bbt
Bml
Pls
Rpp
Syp
Jmb
Ptm
Rmb
Jmb
Mks
दाङ । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५-२०,२५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो । त्यस्तै उल्लेख्य दर्शक ले खचाखच भरिएको खेल मैदान मा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डागी फाउन्डेसन तुलसिपुर लाई २५-१७,२५- १९ र २५ -१८अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाईनलमा डल्फिन फिड कैलाली संग को उपाधी भिडन्त पक्का गरेको हो । उपाधी होडमा रहेका दुबै टिम मा रास्ट्रीय खेलाडिको वर्चस्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनु भयो । त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसिपुर र पिवाईसी रुकुम भिड्नेछन् ।
यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजि प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिनु भयो । यस्तै प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओलि,प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहनु भएकोछ भने स्कोरमा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी र रितु चन्द,अर्जुन रोका रहनु भएको छ । त्यस्तै सबैका लागि खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशःनगद एक लाख, पचास, पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।
यसैविच आयोजकले बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोहमा उल्लेख्य उपस्थितका लागि खेल प्रेमी,खेलाडी,समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।
