
Ggp
Usb
Lnp
Jns
Dus
Lks
Rgp
lnp
ksb
Ggp
Rgp
Asb
Rgp
Sgp
Rgp

lms

दाङ । नेशनल प्याब्सन दाङ जिल्लाले आयोजना गरेको पाँचौँ बृहत खेलकुद कार्यक्रम सोमबारदेखि तुलसीपुरस्थित अरनिको मैदानमा औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले गरेका हुन् ।
जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन मन्तव्यका क्रममा महासचिव खड्काले बालबालिकाको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारिक शिक्षा,खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई शिक्षाको अभिन्न अङ्गका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
खेलकुद कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध १३ वटा विद्यालयको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत छात्रछात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यसैगरी छात्रछात्रा दुवैका लागि सटपुट, ज्याब्लिन थ्रो,हाइजम्प,लङजम्प र ट्रिपल जम्पका प्रतियोगिता आयोजना गरिनेछ । साथै १०० र ४०० मिटर रिले दौड, आधारभूत तहको फुटसल तथा भलिबल प्रतियोगिता पनि कार्यक्रमअन्तर्गत समावेश गरिएको छ ।
तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरि प्रसाद भण्डारीले गरेका थिए ।
