
Asb
Sgp
Rgp
Ggp
Ggp
Rgp
Usb
Rgp
lnp
Lks
Dus
Rgp
Lnp
Jns
ksb

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१ पाखापानीमा शनिबार सम्पन्न मेन्स डबल्स (सी लेभल) ब्याडमिन्टन खेलकुद प्रतियोगिता–२०८२ मा भुप बहादुर राना र राजु नेपालीको समूह विजयी भएको छ।
बा.मा. खेलकुद हलको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राना–नेपाली समूहले उपाधि हात पारेको हो । त्यस्तै प्रतियोगितामा बासु चौधरी र चेतन सारुको समूह उपविजेता बनेको छ ।
विजेता तथा उपविजेता समूहलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र हलका सञ्चालक केशव गुरुङले क्रमशः १० हजार र ६ हजार रुपैयाँ नगदसहित कप,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित विष्णु कार्कीलाई नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष विष्टले खेलकुदले युवालाई अनुशासित,स्वस्थ र सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । “युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरु आवश्यक छन् । राप्ती गाउँपालिका खेलकुदको विकास र स्थानीय प्रतिभाको पहिचानका लागि निरन्तर साथ र सहयोग गर्न प्रतिबद्ध छ,” उनले भने । प्रतियोगितामा कुल २० समूहको सहभागिता रहेको थियो । स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाको संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक बा.मा. खेलकुद हलले जनाएको छ ।
