
Anm
Mbdvs
Sds
Pbu
mbd
Gmk
gst
Rbs
Gisld
Ksm

Gst
Wsp
Vor
Pvg
Rgu
Ssm
Sls
Rsb
Tsm
nsb
Hal
Bbu
Rgu
Ksm
Bbbpu
Ggd
Rgs
Asm
Sbs

Gsb
sab
Abd
Bml
bbt
Syp
Jmb
Mks
Ptm
Pls
Rmb
Rpp
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार आज सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम भएको छ । गोरखा स्कुलले लगातार यो शिल्ड जित्दै आएको छ । यो शिल्ड जिते संगै तेस्रो पटक भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल २६ पदक जित्दै नगर प्रथम हुन सफल भएको हो । यसैगरी आदर्श माध्यमिक विद्यालय देउपुरले ४ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १९ पदकसहित नगर द्वितीय स्थान प्राप्त गरेको छ ।
माध्यमिक विद्यालय फल्कापुरले ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर तृतीय स्थानमा चित्त बुझाएको छ भने रोजी बड्स माध्यमिक विद्यालय कोलहीले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर चतुर्थ स्थान हासिल गरेको छ । यस्तै ज्ञान ज्योती माध्यमिक विद्यालय लमहीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै नगर पाँचौँ स्थानमा रहेको छ ।
नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थी खेलाडीहरुको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । खेलकुदमार्फत अनुशासन,प्रतिस्पर्धा र प्रतिभा विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । प्रतियोगितामा २८ वटा विद्यालय सहभागी भएका थिए ।
