
ksb
Rgp
Rgp
Sgp
Lks
Rgp
lnp
Usb
Asb
Ggp
Jns
Dus
Rgp
Lnp
Ggp

lms

दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार आज सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम भएको छ । गोरखा स्कुलले लगातार यो शिल्ड जित्दै आएको छ । यो शिल्ड जिते संगै तेस्रो पटक भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा गोरखा माध्यमिक विद्यालयले १८ स्वर्ण, ६ रजत र २ कास्यसहित कुल २६ पदक जित्दै नगर प्रथम हुन सफल भएको हो । यसैगरी आदर्श माध्यमिक विद्यालय देउपुरले ४ स्वर्ण, ६ रजत र ९ कास्य गरी कुल १९ पदकसहित नगर द्वितीय स्थान प्राप्त गरेको छ ।
माध्यमिक विद्यालय फल्कापुरले ३ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर तृतीय स्थानमा चित्त बुझाएको छ भने रोजी बड्स माध्यमिक विद्यालय कोलहीले २ स्वर्ण, ७ रजत र ६ कास्यसहित नगर चतुर्थ स्थान हासिल गरेको छ । यस्तै ज्ञान ज्योती माध्यमिक विद्यालय लमहीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै नगर पाँचौँ स्थानमा रहेको छ ।
नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विद्यार्थी खेलाडीहरुको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । खेलकुदमार्फत अनुशासन,प्रतिस्पर्धा र प्रतिभा विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । प्रतियोगितामा २८ वटा विद्यालय सहभागी भएका थिए ।
