
Ksb
Ksb
Csb
Gsb
Rks
Fmb
Ssb
Usb
Ssb
Tgp
Nsb
jsb
Bsn
Ppu
Ksb
Rsb

Gsb
Ssb
Hl1
Tsb
Usb

Nps
ptl
Rgu
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन् ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलको फाइनल अहिले चलिरहेको छ । उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यले क्रिकेटप्रतिको बढ्दो आकर्षण नेपालको खेल क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए । उनले यस्ता प्रतियोगिताले खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धिमा योगदान पुर्याउने र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बुद्धको जन्मभूमि लुम्बिनीको पहिचान बोकेको लुम्बिनी लायन्सलाई फाइनल खेलमा उत्कृष्ट प्रदर्शन र विजयका लागि यस अघिनै शुभकामना व्यक्त गरेका थिए ।
