
Pbu
Gmk
Ksm
Anm
Mbdvs
gst
Sds
Rbs
mbd
Gisld

Rgu
Hal
Rgu
Rgs
Sls
Pvg
Gst
Ggd
Bbu
nsb
Ksm
Rsb
Sbs
Vor
Wsp
Bbbpu
Ssm
Asm
Tsm

Bml
Pls
Rmb
Jmb
bbt
Rpp
Gsb
Jmb
Mks
sab
Ptm
Syp
Abd
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो ।
त्यस्तै सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।
यस्तै ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए । रोहितले ११ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३-३ र तिलक भण्डारीले एक विकेट लिए ।
