
mbd
Anm
Sds
Gmk
gst
Mbdvs
Rbs
Pbu
Ksm
Gisld

Sbs
Ggd
Gst
Wsp
Bbu
nsb
Ksm
Rgs
Ssm
Rsb
Vor
Sls
Pvg
Rgu
Asm
Rgu
Tsm
Hal
Bbbpu

Bml
Abd
Syp
Ptm
Gsb
Mks
sab
Rpp
bbt
Rmb
Jmb
Jmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि राजपुर-७,भौवा नाकामा सुरु भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले भौवा नाका सुगम बस्ती नै रहेको बताएका छन् । प्रगति गर्ने मान्छेलाई कुनै दबाब नहुने बताउदै उनले अब्राहम लिङ्कनले आफ्नो आमासँग दाउरा बेचेर पढेको र भारतको दोस्रो प्रधानमन्त्री पनि पैसा नभएर पौडी खेलेर पढ्न जाने गरेको उदाहरण समेत दिए ।
भगवानलाई चढाउने कमलको फुल पनि हिलोमा फुल्ने भएको हुँदा विकट भनेर गलत सोच राख्न नहुने बताए । उनले भौवा नाका सुगम बस्तीनै रहेकोले नाका भनेर नकारात्मक सोच नराखेर सकारात्मक सोच राख्नुपर्ने बताए ।
आज देशले युवा पिढीलाई खोजी रहेको हुँदा युवाहरु लगनशील भएर लाग्नुपर्ने बताए । उनले युवाको भविष्य देशसंग जोडिएको र राष्ट्रको रेखालाई कोर्ने शक्ति पनि युवासंग भएको हुँदा कत्तिपनि नआतिएर अनुशासित भएर खेल खेल्न सम्पूर्ण खेलमा सहभागी खेलाडीलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रमका विषेश अतिथि राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देवी यादवले आफ्नो स्वास्थ्यको ख्याल राख्दै खेलमा अनुशासित भएर खेल खेल्न आग्रह गरेकि छिन् । उनले देशको एउटा खेलाडी बन्ने उदेश्य लिएर खेलमा प्रतिस्पर्धाका साथ खेल खेल्न सम्पूर्ण खेलाडीहरुलाई आग्रह समेत गरिन् । अहिले राजपुर गाउँपालिकाबाट सम्पूर्ण विद्यार्थीहरुलाई नि:शुल्क पठनपाठन गरिरहेको उनले बताइन् । अस्वस्थका कारण संक्षिप्त भनाइ राखेकी उपाध्यक्ष यादवले खेलाडीलाई अनुशासित भएर खेल खेल्न आग्रह गरिन् ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले नाका क्षेत्रमा खेल खेल्न आउँदा जादा गाह्रो भएतापनि विद्यार्थीहरुको अनुहारमा छुट्टै चमक देखेको बताए । उनले यस किसिमको भूगोल हेर्नका लागि शैक्षिक भ्रमण जानुपर्ने भएको हुँदा आज आफ्नै गाउँपालिकाको भूगोल भौवा नाकामा आउँदै गर्दा पक्कैपनि सम्पूर्ण विद्यार्थीहरु हर्ष र खुशीनै रहेकोे बताए । यो निर्णय गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षकको अत्यन्तै सराहनीय रहेको बताए । उनले सम्पूर्ण खेलाडीहरुलाई कुनैपनि डाहा,ईर्ष्या नगरी आफ्नो अनुशासनलाई आत्मसात गरेर खेल खेल्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोकाले नाका र देउखुरीलाई सम्मान पुर्वक दुईपटक यता र दुईपटक उता गरेर खेल खेलाउने र खेलबाट सक्षम खेलाडी उत्पादन गर्ने योजनाका साथ अघि बढेको बताए । उनले राजपुर गाउँपालिकाले एउटा स्थानीय पाठ्यक्रम बनाएको र उक्त पुस्तकमा पालिका भित्रको विभिन्न भूगोललाई समेटेर राखिएको हुँदा पनि विद्यालयका विद्यार्थीहरुलाई किताबको ज्ञानसंगै प्रत्यक्ष अबलोकन गराउने गरेको बताए । उनले खेलाडीहरुलाई आफ्नो जोश,जाङ्गर सहि ढंगले प्रयोग गरेर अनुशासित र भद्र भएर खेल खेल्न पनि आग्रह गरे ।
यस्तै सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले देउखुरीदेखि नाका क्षेत्रलाई जोडेर अघि बढ्ने योजनाका साथ अघि बढेको बताएका छन् । उनले यहाँको समस्या बुझ्नको लागि,सम्भावित योजनाहरु कसरी अध्ययन गर्न सकिन्छ र भावी कर्णधारहरुले समेत थाहा पाउन भन्ने उदेश्यका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शिव शक्ति माध्यमिक विद्यालयमा राखेको बताए । सुगम क्षेत्रका विद्यार्थीहरु भोलिका दिन उच्च ओहोदामा पुगेर काम गर्दैगर्दा नाकाको भूगोल जानकारी भएको खण्डमा काम गर्न सहज होस् भन्ने गाउँपालिकाको प्रमुख उदेश्य रहेको उनले बताए ।
त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलीले नाका क्षेत्रको विगटतालाई प्रत्यक्ष अबलोकन गरेर नाकाको विकासका लागि आ-आफ्नो क्षेत्रबाट पहल गरिदिन आग्रह गरेका छन् । उनले विद्यार्थी तथा खेलाडीहरुलाई जिल्ला,प्रदेश र केन्द्र लेबलसम्म पुराउन सम्पूर्ण निकाय लाग्नुपर्नेमा जोड दिए । यसैगरी खेलमा सहभागी खेलाडीलाई उनले कुनै पनि डाहा र रिसीवी नराखेर खेल खेल्न आग्रह गरे ।
यस्तै शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बासुदेव खनालले दुर्गम क्षेत्र भएको हुँदा दुर्गम क्षेत्रमा कसरी खेल समापन गर्ने भन्ने चुनौतीहरु तमाम आइरहेको भएतापनि जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ भन्ने उदेश्यका साथ आफुहरुले खेल सुरु गरेको बताए । उनले सम्पूर्ण निकायको साथ सहयोगले नै यो सम्भव भएको बताए । यस्तै उनले यो खेलकुद कार्यक्रमलाई आगामी वर्षमा कार्तिक मसान्तसम्म भित्रमा खेल समापन गरि मंसिर महिनादेखि निरन्तर पठनपाठनलाई अघि बढाउने योजनाका साथ क्यालेन्डर निर्माण गर्न गाउँपालिकालाई अनुरोध गरेका छन् ।
राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका निमावि र माविका गरि १० वटा विद्यालयहरु समावेश रहेका छन् । प्रतियोगितामा छात्र र छात्राका लागि भलिबल,दौड,कबडी,एथलेटिक्स लगायतको खेलहरु संचालन गरिएको छ ।खेल मंसिर २६ गतेसम्म संचालन रहनेछ ।
राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ति माध्यमिक विद्यालय राजपुर-७,भौवा नाकाको व्यवस्थानमा उद्घाटन कार्यक्रममा स्वागत नृत्यबाट अतिथिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो भने १० वटा विद्यालयका विद्यार्थीहरुले तयार पारेको मार्चपास सलिमामी सभाका अध्यक्ष,प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई अर्पण गरिएको थियो ।
त्यस्तै उक्त कार्यक्रम ३२ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षक,शिक्षिकाहरुको उपस्तिथि रहेको थियो । खेललाई विभिन्न दक्ष प्रशिक्षकहरुबाट खेलाइने आयोजकले जनाएको छ ।
शिव शक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाधर बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बालकल्याण माध्यमिक विद्यालय खाङ्ग्राका प्रधानाध्यापक रामसुरेश यादवले गरेका थिए ।
त्यस्तै उक्त उद्घाटन शत्रको कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष बुढाथोकीले नाकामा राष्ट्रपति रनिङ शिल्ड कुनै रहर,घुम्नलाई र खेलको नाम खेल मात्र संचालन गर्नका लागि नभएर शैक्षिक भ्रमण गराउनका लागि पनि यो प्रतियोगिताको आयोजना नाकामा गरिएको बताएका छन् ।
त्यस्तै उनले पालिकाले तयार पारेको पुस्तकमा रहेको विषयबस्तुलाई प्रत्यक्ष अध्ययन होस् भन्ने उदेश्यले पनि खेल नाकामा राखिएको बताए । उनले आजका युवाहरु नै भोलिको जनप्रतिनिधि हुने र विभिन्न ओहदामा पुग्ने भएको हुँदा अहिलेनै उनिहरुलाई नाकाको बारेमा बुझाउन प्रयत्न गरिरहेको समेत बताए । यस्तै उनले नाका धेरै विकट र यहाँ बाटोघाटो र बिजुली बत्ती,खानेपानी लगायतको धेरै समस्या समेत रहेको बताएका छन् ।

